कात्तिक ४, भरतपुर।
सहकारी ठगी आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएकाे छ ।
अाइतबारमात्रै अदालत पेश गरिएका लामिछानेलाइ अनुसन्धान गर्न प्रहरीलाइ ६ दिन म्याद थप भएको छ ।
पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो । गत शुक्रबार उनलाइ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी राति पोखरा पुर्याइएको थियो ।
रास्वपा कार्यकर्ता माथि प्रहरीकाे पानीकाे फाेहाेरा र अष्रु ग्याँस प्रहार
सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पानीकाे फाेहाेरा र अष्रु ग्याँस प्रहार गरेको छ ।
नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेकाे थियाे ।


प्रतिकृया दिनुहोस्