चितवन अपडेट
खाजा खर्च कटाएर नारायणी नमुना माविका विद्यार्थीले दिए रसुवा बाढीपीडितलाई १ लाख बढी
चितवन, १८ भदौ । चितवनको भरतपुर–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालयका विद्यार्थीले रसुवाका बाढीपीडितका लागि एक लाख ३६ हजार ८२५ रुपैयाँ सहयोग गरेका छन्। विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार कक्षा २ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आफ्नो एक दिनको खाजा खर्च कटाएर उक्त रकम संकलन गरेका हुन्। संकलित रकम रसुवाका बाढीपीडित परिवारको राहतका लागि प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा देवघाटमा साँझ सामुहिक दीप प्रज्वलन
१६ भदौ , चितवन भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा देवघाटमा साँझ सामुहिक दीप प्रज्वलन गरिएको छ । चितवन प्रशसनले आह्वान गरेको सामुहिक दीप प्रज्वलन सभामा सयौले पानीमा रुझेर रसुवा बाढीमा ज्यान गुमाएकालाइ श्रद्धाञ्जली दिएका थिए । भरतपुर महानगरपालिका–१ स्थित देवघाट जहाँ ३३५ शवको जमिन मुनि व्यवस्थापन गरिएको स्थलमा आज साँझ ६ बजे मृतकको सम्झनामा श्रद्धाञ्जली […]
पूरा पढ्नुहोस्
चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ शव व्यवस्थापन, १२ सनाखतपछि आफन्तले बुझे
१६ भदौ , चितवन चितवनमा विभिन्न स्थानमा फेला परेका ३४८ शवमध्ये हालसम्म ३३५ शव व्यवस्थापन गरिएको छ भने १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन्। एक जना बालिकाको शव भने अझै भरतपुर सरकारी अस्पतालमा रहेको छ। फेला परेका ३४८ शवमध्ये ७३ महिला, ११८ पुरुष, ११ बालक, १७ बालिका र १२९ अन्य रहेका छन्। व्यवस्थापन गरिएका […]
पूरा पढ्नुहोस्
चितवनमा डि एन ए नमुना संकलन सुरु , मृतकका आफन्तले बिहान ९ देखि साँझ ५ बजेसम्म नमुना दिन सक्ने
१६ भदौ , चितवन आजदेखि चितवनमा डि एन ए नमुना संकलन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा उधोग संघको परिसरमा विहान ०९।०० बजेदेखि ५।०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि बुबा,आमा,छोरा,छोरीमध्ये कुनै […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै र पार्क निर्माण हुने
भदौ ९ ,चितवन भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ निर्माण गरिने भएको छ। जिल्ला समन्वय समिति ९जिसस० चितवनको ९औँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको कित्ता नम्बर १९५९ को जग्गामध्ये एक बिघा १६ कठ्ठा १४ धुर जग्गा सहिद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको हो। भरतपुर महानगरपालिकाका कार्यवाहक […]
पूरा पढ्नुहोस्
माडीमा करार शिक्षकको पुनः परीक्षा हुँदै
चितवन, भदौ ८ माडी नगरपालिका–९ भालुखोलास्थित जनजागृति आधारभूत विद्यालयमा करार शिक्षक नियुक्तिका लागि पुनः परीक्षा हुने भएको छ। गत साउन ११ गते भएको परीक्षामा परीक्षार्थीको कोडिङमा प्राविधिक त्रुटि भएपछि नगरपालिकाले परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको हो। नगरपालिकाले उक्त त्रुटि मानवीय भूल भएको जनाएको छ। परीक्षार्थी धिरज महतोले प्राप्ताङ्कमा त्रुटि भएको भन्दै सुरुमै […]
पूरा पढ्नुहोस्
चितवनमा आज ग्याँस वितरण नहुने
५ भदौ ,चितवन । चितवनमा आज एलपी ग्याँस वितरण नहुने भएको छ । बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं। १ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको घटनालाई लिएर उत्पन्न त नावपछि सडक अबरुद्ध हुँदा चितवन आउन लागेका ग्याँसका बुलेट सिमारामा रोकिएका हुन । जिल्ला प्रशासन कार्यालय चितवनले आज ग्याँस वितरण नहुने र […]
पूरा पढ्नुहोस्
चितवनको बकुलहर अस्पतालमा तीन वर्षमै बढ्यो बिरामीको चाप
चितवन, भदौ ५ पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा पछिल्ला तीन आर्थिक वर्षमा बिरामीको सङ्ख्या निरन्तर बढेको छ। गत आर्थिक वर्षमा मात्रै अस्पतालको बहिरङ सेवाबाट ३ लाख १७ हजार २६६ जनाले उपचार लिएका छन्। अस्पतालका अनुसार आर्थिक वर्ष २०८०र८१ मा २ लाख ४५ हजार ६९४, २०८१र८२ मा २ लाख ९६ हजार ५३८ र गत आवमा ३ […]
पूरा पढ्नुहोस्
चितवनमा १५५ जोखिमयुक्त रुख व्यवस्थापन
नारायणगढ, भदौ ४ डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न १३ स्थानबाट १५५ जोखिमयुक्त रुख व्यवस्थापन गरेको छ। सडक, सुरक्षा निकायका परिसर तथा विद्युत् प्रसारण लाइन आसपासबाट हटाइएका रुखबाट १ हजार ५७५ थान काठका गोलिया तथा ठुटा, ११ हजार ८०९.६२ क्युफिट काठ र १६.४५ चट्टा दाउरा सङ्कलन भएको कार्यालयले जनाएको छ। कार्यालयका वन […]
पूरा पढ्नुहोस्
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
चितवन, भदौ ३ चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डढुवा (शीथ ब्लाइट) रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन्। नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा रोगका प्रारम्भिक लक्षण देखिन थालेपछि किसानलाई समयमै सचेत भएर बालीको नियमित निरीक्षण गर्न आग्रह गरिएको छ। खैरहनी नगरपालिकाकी कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार अहिले रोग व्यापक रूपमा […]
पूरा पढ्नुहोस्
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
चितवन, भदौ ३ डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार […]
पूरा पढ्नुहोस्
६ हजार ५०० बढी परिवारको भान्सामा धुवाँरहित चुलो
चितवन, भदौ १ सपना भिलेज सोसियल इम्प्याक्टले ग्रामीण समुदायमा हालसम्म ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ । स्वच्छ, सुरक्षित तथा स्वास्थ्यमा मैत्रीपूर्ण खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो । पछिल्लो पटक संस्थाले राप्ती नगरपालिका–८ का १५० परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण गरेको हो । […]
पूरा पढ्नुहोस्
चितवनमा बाघको आक्रमण: एक व्यक्ति र गाई घाइते
चितवन, साउन ३१ चितवनको राप्ती नगरपालिका–१, डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। आज बिहान करिब ६स्४० बजे बस्तीमा आएको बाघले राप्ती नगरपालिका–१ निवासी ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको हो। घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। सोही स्थानकी दिलाकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत […]
पूरा पढ्नुहोस्
पृथ्वी राजमार्ग पहिरो हटाएपछि सञ्चालनमा
चितवन ,साउन ३१ चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग पहिरो हटाएपछि सञ्चालनमा आएको छ । शनिबार राति करिब १०ः२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा नारायणगढ–काठमाडौं सडकखण्डको आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण सडक अवरुद्ध भएपछि सुरक्षाकर्मी तथा सडक मर्मत टोलीले पहिरो पन्छाउने काम गरेका थिए । पहिरो हटाएपछि आइतबार बिहानदेखि […]
पूरा पढ्नुहोस्
चितवनमा औलोको जोखिम बढ्यो, १५ जनामा संक्रमण
चितवन, साउन ३० गत आर्थिक वर्षमा जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो ९मलेरीया०को समस्या देखिएको छ । तीन हजार ४१५ जनाको परिक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो […]
पूरा पढ्नुहोस्
मुग्लिन–मलेखु सडक तीन वर्षमा ४६ प्रतिशत मात्रै प्रगति
चितवन, साउन २९ पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको तीन वर्ष छ महिनाको अवधिमा जम्मा ४६ प्रतिशत मात्र प्रगति भएको छ । करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी खण्डमा छुट्याइएर स्तरोन्नतिको काम अघि बढाइएको थियो ।विसं २०७९ पुस १५ गते तीन […]
पूरा पढ्नुहोस्
चितुवाको आतंकले भरतपुर बस्ती त्रसित, बच्चासहित देखापर्यो
नारायणगढ (चितवन), साउन २९ भरतपुरको बस्ती वरपर बच्चासहितको चितुवा घुम्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । निकुञ्जभित्र बाघ धेरै हुने भएकाले उनीहरुले आफ्नै छुट्टै क्षेत्र बनाउन नसकेर मानवबस्तीमा प्रवेश गर्ने गर्छन् ।राष्ट्रिय प्रकृति संरक्षण कोष वन्यजन्तु प्राविधिक तीर्थ लामाले बस्तीमा देखिएको चितुवा बच्चासँग भएकाले बच्चालाई बाघबाट जोगाउन र सुरक्षित राख्न बस्तीतिर छिरेको हुनसक्ने बताउनुभयो ।पोथी […]
पूरा पढ्नुहोस्
जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
चितवन — जेन–जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका ४५ वर्षीय आइर्तिसिंह लामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–११, थाकाटार निवासी लामालाई आफ्नै घरबाट एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। लामा एक सिङ्गे गैँडा मारेको र वन्यजन्तुसम्बन्धी कसुरमा ८१५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना८ सजाय तोकिएका कैदी हुन्। […]
पूरा पढ्नुहोस्
मैत्रीपूर्ण फुटसल प्रतियोगितासँगै बेटर चितवनको युथवान सुरु
भरतपुर, साउन १६ अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बेटर चितवनले युथवन को शुभारम्भ शनिबार मैत्रीपूर्ण फुटसल प्रतियोगिताबाट गरेको छ। भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम एकेडेमीमा आयोजित प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ९ टोलीले प्रतिस्पर्धा गरेका थिए। पुरुषतर्फ एमआरआर चितवन विजेता तथा रोटोर्याक्ट क्लब अफ चितवन उपविजेता बने भने महिलातर्फ एएनएफसी भरतपुर–२३ विजेता र रत्नप्रिय कल्ब रत्ननगर […]
पूरा पढ्नुहोस्
मनोज कँडेलको डिजिटल यात्रा: संघर्षदेखि सफलतासम्म
चितवन ,१४ साउन सन् २०२० मा सामाजिक सञ्जालमा कन्टेन्ट निर्माण सुरु गरेका चितवनको भरतपुर निवासी मनोज कँडेल आज नेपाली डिजिटल कन्टेन्ट क्षेत्रमा परिचित नाम बन्दै गएका छन्। सुरुका दिनहरू सहज थिएनन्। सीमित स्रोत, कम दर्शक र अनिश्चित भविष्यका बीच उनले निरन्तर प्रयासलाई भने कहिल्यै रोकिएनन्। कोभिड–१९ महामारीको समयमा धेरै युवाले सामाजिक सञ्जालतर्फ आकर्षण देखाइरहेका बेला […]
पूरा पढ्नुहोस्
