१३ आश्विन २०८३, मंगलवार

माडी अपडेट

माडीमा करार शिक्षकको पुनः परीक्षा हुँदै

चितवन, भदौ ८  माडी नगरपालिका–९ भालुखोलास्थित जनजागृति आधारभूत विद्यालयमा करार शिक्षक नियुक्तिका लागि पुनः परीक्षा हुने भएको छ। गत साउन ११ गते भएको परीक्षामा परीक्षार्थीको कोडिङमा प्राविधिक त्रुटि भएपछि नगरपालिकाले परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको हो। नगरपालिकाले उक्त त्रुटि मानवीय भूल भएको जनाएको छ। परीक्षार्थी धिरज महतोले प्राप्ताङ्कमा त्रुटि भएको भन्दै सुरुमै […]

पूरा पढ्नुहोस्

चितवनको माडीमा सार्वजनिक जग्गा तीन सय पन्ध्र हेक्टर

चितवन, फागुन ३० माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको छ । नगरपालिकाले भूमिलाई ७ भागमा बर्गीकरण गरेको छ । नगरपालिकामा २१ हजार ८२४ दशमलब ४४ हेक्टर रहेकामा १२ हजार ९७५ दशमलब ७५ हेक्टर जङगलले ओगटेको छ । यस्तै ६ हजार ५३५ दशमलब ०७ हेक्टर कृषि योग्य रहेको छ । सार्वजनिक भूमि ३१५ दशमलब […]

पूरा पढ्नुहोस्

माडीमा महिलाको आर्थिक सशक्तिकरण : प्रसार र दिगोपनको सवाल

१४ पौष ,माडी। सरिता तिवारी माडी नगरपालिकाका विभिन्न वडामा लैंगिक हिंसापीडित, दलित र विपन्न समुदायका महिलाहरुको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले स्थानीय सरकारले सञ्चालन गरेका कार्यक्रमहरूले केही सकारात्मक संकेत देखाएका छन्। सीमित स्रोत र बजेटका बाबजुद आय–आर्जनका प्रयासहरू सुरु हुनु आफैंमा उपलब्धि मान्न सकिन्छ। तर सम्बन्धित वडाहरुमा गरिएको स्थलगत अध्ययनमा देखिएका अनुभवहरूले यी कार्यक्रमहरू अझै […]

पूरा पढ्नुहोस्

माडीको पतरे खोलाको पुलको ठेक्का रद्द

१२ मंसिर ,माडी । चितवनको माडी ७ स्थित पतरे खोलाको पुलको ठेक्का अन्ततस् हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगञ्जले रद्द गरेको छ । माडी–ठोरी हुलाकी सडक रुटअन्तर्गत किर्तनपुर–देवेन्द्रपुर जोड्ने पतरे खोलामा लोहनी एण्ड ब्रदर्श प्रा।लि। लाई जिम्मा दिएर सुरु गरिएको ४१ मिटर लामो पुल निर्माण लामो समयसम्म अलपत्र परेपछि कार्यालयले  ठेक्का रद्द गर्ने निर्णय गरेको […]

पूरा पढ्नुहोस्

माडीमा धानखेतमा करेन्ट लागेर गैंडा मृत्युकाे घटना : किसान श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

४ भदाै भरतपुर। धानखेतमा करेन्ट लागेर गैंडा मरेको घटनामा पक्राउ परेका माडी-२ भैरवपुरका किसान हरिभक्त श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । गत साउन २१ गते बुधबार बिहान श्रेष्ठकाे धानखेतमा एकसिंगे गैंडा मृत फेला परेको थियो । श्रेष्ठले धान जोगाउन नांगो तारले खेत बारेर करेन्ट छोडेका कारण त्यसमा परेर गैंडा […]

पूरा पढ्नुहोस्

जलवायु न्याय बारे ‘युवा मोबाइल भिडियो प्रतियोगिता २०२५’ आयोजना हुदै, चितवनका युवाहरू सहभागि हुन सक्ने

३०  साउन  ,चितवन । चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजनामा, बेटर चितवन को सहकार्य तथा Irish Aid र ActionAid को सहयोगमा “मेरो समुदायमा जलवायु संकट: युवा आवाज र कल्पना” भन्ने मूल नारासहित युवा मोबाइल भिडियो प्रतियोगिता २०२५ आयोजना हुने भएको छ । प्रतिष्ठानकी कार्यक्रम संयोजक सुजता बर्तौलाका अनुसार, प्रतियोगितामा सहभागिहरूले ५ देखि ७ मिनेट अवधिको भिडियो […]

पूरा पढ्नुहोस्

चितवनमा जलबायु न्यायबारे अन्तरक्रिया

२८ साउन भरतपुर । ‘दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय सहभागिता समृद्धिको आधार’ भन्ने मूलनाराका साथ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडी–३, वसन्तपुरस्थित भेटनरी अस्पतालको सभाहलमा युवा र जलवायु न्यायबारे एकदिने अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । माडी जेसीज र युथ भोलन्टियर ग्रुपको संयुक्त आयोजना, होप फर चिल्ड्रेनको सहआयोजना तथा चितवन सक्रिय महिला फाउन्डेसनको […]

पूरा पढ्नुहोस्

धमाधम हुँदैछ नयाँ वर्षमा चितवनमा हुने भव्य सांगीतिक कन्सर्टको तयारी ,मन्त्र सहित अन्य कुन कुन ब्यान्डले मच्चाउँदै छ्न् धमाका?

चैत्र २०,चितवन। नयाँ वर्षको अवसरमा चितवनको नारायणी किनारमा हुने भब्य सांगीतिक कन्सर्टको यतिबेला तिब्र तयारी भईरहेको छ ।आउने नयाँ वर्षको अवसरमा हुने भव्य सांगीतिक कन्सर्टले भरतपुरस्थित नारायणी किनार गुञ्जायमान हुँदैछ । नेपाली नयाँ वर्षको स्वागत गर्दै यस वर्षको अन्तिम दिनमा हुने भव्य सांगीतिक कन्सर्टले नारायणी किनार गुन्जीन लागेको हो। कन्सर्टमा युवाहरुमाझ चर्चित पाँच ब्यान्डले बेजोड […]

पूरा पढ्नुहोस्

माडीमा साइकललाई ठक्कर दिएर भ्यान फरार, साइकलयात्री घाइते

चितवन, फागुन २२ चितवनको माडी नगरपालिका–७ मोटे चोकमा साइकललाई ठक्कर दिएर भ्यान फरार भएको छ । बुधवार दिउँसो ३ः४० बजेको समयमा मोटे चोकबाट राई टोलतर्फ जादै गरेको बागमती प्रदेश०३–००१ च २२१६ नम्बरको निलो रङको भ्यानले साइकललाई ठक्कर दिएर फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भ्यानको ठक्करबाट साईकलयात्री माडी–७ किर्तनपुर बस्ने वर्ष […]

पूरा पढ्नुहोस्

गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

चितवन ,फागुन १९। चितवनको माडी नगरपालिका–७ गोपालनगरमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आइतवार दिउँसो करिब २ बजेको समयमा सामुदायिक वनमा बाख्राको लागि घाँस काट्न गएकी माडी–७ किर्तनपुर बस्ने ५५ वर्षीय शान्ती नेपालीलाई गैंडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी नेपालीलाई उपचारका लागि बघौडा अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा […]

पूरा पढ्नुहोस्

माडीमा दूधको उद्योग सञ्चालनका लागि सरोकारवाला छलफलमा

१८ फाल्गुन,माडी। चितवनमा दूधको उत्पादन र बजारीकरणबारे छलफल अन्तरक्रिया गरिएको छ। आईतबार चितवनस्थित माडीमा भैरवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजना तथा राष्ट्रिय व्यवसायीक पशुपालक दूध उत्पादक कृषक समाज माडीको सहकार्यमा ‘गौरवको आयोजनाः खोरेतमुक्त सेतो माडी’ विषयमा छलफल गरिएको छ। कार्यक्रममा बागमती प्रदेशका शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुर प्रसाद ढकाल, माडी नगरपलिकाकाे नगर […]

पूरा पढ्नुहोस्

पाठकको १२ औँ दिनको पुण्य तिथिमा भएको खुल्ला रक्तदान कार्यक्रममा सय बढीले गरे रक्तदान

१८ फाल्गुन ,माडी । रश्मिता रिजाल माडीका संचारकर्मी भुपराज पाठकको १२ औँ दिनको पुण्य तिथिमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा सय बढीले रक्तदान गरेका छन् । आईतबार उनकै घरमा  बिहान करिब ८ बजेदेखि शुरू भएको खुल्ला रक्तदानमा ११० जनाले रक्तदान गरे । ब्लड डोनर्स सोसाइटी नेपाल र नेपाल रेडक्रस सोसाइटीको आयोजनामा रक्तदान कार्यक्रम  गरिएको ब्लड डोनर्स […]

पूरा पढ्नुहोस्

दिवंगत सञ्चारकर्मी पाठकको बाह्रौँ दिनको पुण्य तिथिमा रक्तदान कार्यक्रम हुँदै

१६ फागुन, माडी। क्यान्सर रोगबाट मृत्य भएका सञ्चारकर्मी एबम् शिक्षक भूपराज पाठक को बाह्रौं पुण्य तिथिमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा बघौडा र ब्लड डोनर्स सोसाइटी नेपाल माडी नगर कमिटीको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम हुन लागेको हो। यही फागुन १८ गते आइतबार बिहान ७:३० बजे माडीस्थित बघौडा ४ अम्रौलीमा […]

पूरा पढ्नुहोस्

माडी क्याम्पसलाई बागमती प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने तयारी

 ११ फागुन , माडी। माडी क्याम्पसलाई बागमती प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन विभिन्न प्रयासहरु भएपनि हालसम्म पनि आधिकारीक टुङ्गो लाग्न सकेको छैन । माडी क्याम्पसलाई बागमती प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन सके क्याम्पस प्रशासनलाई आर्थिक बोझबाट मुक्त हुने र प्राविधिक धारका कक्षाहरु सञ्चालन हुने भएकोले केहि पक्षहरुबाट यसको समर्थनमा पहलहरु भैरहेका छ । तर, माडी […]

पूरा पढ्नुहोस्

सञ्चारकर्मी भुपराज पाठककाे अन्तेष्टी ,भाेली माडीमा शाेक बिदा

७ फागुन,माडी । रक्त क्यान्सर पिडीत माडीका सञ्चारकर्मी, कलाकार एवं शिक्षक भुपराज पाठकको अन्येष्टि गरिएकाे छ ।उहाँकाे आज दिउसाे माडीकाे मगाेइ नदिमा अन्त्येष्टि गरिएकाे हाे । उहाँकाे पार्थिव शरिरलाई पत्रकार महासंघकाे लाेगाे अंकित झण्डा ओडाइ पत्रकारितामा पाठककाे याेगदानकाे स्मरण समेत गरिएकाे थियाे । उहाँकाे अन्तिम बिदाइमा बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकाल, माडी नगरपालिकाकाे नगर […]

पूरा पढ्नुहोस्

तिहारमा घर जलेपछि निरूताकाे माइतीमा बास

२९ माघ, माडी । चितवनकाे माडीमा एक महिला घरबारविहिन भएर बस्न बाध्य भएकी छिन् ।माडी-६ काे शिवराजपुर टाेलकि निरूता माझी जलेकाे घर बनाउन नसक्दा घरबार विहीन भएर माइतमा बस्दै आएकि छन् । गत कार्तिक महिनामा शुभ-दिपावलीकाे साँझमा मैनबत्ति बालेर घर बाहिर निस्कंदा सल्किएकाे आगाेले उनकाे खरकाे छानाे र बाँसले बारेकाे घर एकैछिनमा क्षतिग्रस्त बन्याे । […]

पूरा पढ्नुहोस्

सेभेन ए साइड महिला फुटबल प्रतियोगितामा माडीको प्रतिनिधित्व गर्दै बसन्तपुर युनाइटेड क्लब

२९ माघ,माडी । सौराहामा आयोजित सेभेन ए साइड महिला फुटबल प्रतियोगितामा माडीको प्रतिनिधित्व गर्दै बसन्तपुर युनाइटेड क्लबका महिला खेलाडीहरुले सहभागीता जनाउने भएका छन् । सौराहामा  १९ औं सौराहा फुट फेस्टिबल २०८१ को अवसरमा प्रथम रेवान सेभेन ए साइड महिला फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । भोलिको समुद्धघाटन खेलमा हेटौंडा फुुटबल एकेडेमी, मकवानपुरले बसन्तपुर युनाइटेड क्लब, माडीको […]

पूरा पढ्नुहोस्

माडी क्रिकेट कप:देवचुलीले माडिलाई ७६ रनले हरायो

२७ माघ,भरतपूर।आठौं वातासिनो माडी क्रिकेट कप प्रतियोगिताकाे आज दाेस्राे दिनकाे खेलमा देवचुली नगरपालिका, नवलपुर ७६ रनले विजयी भएको छ। माडीको बसन्तपुरमा जारी प्रतियोगितामा पहिला ब्याटिङ्ग गरेकाे देवचुलीले पुरै २० ओभर खेल्दै ८ विकेटकाे क्षतिमा १९२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको माडीले १३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११६ रनमा समेटियो।माडीका लागि केही खेलाडी बाहेक […]

पूरा पढ्नुहोस्

प्याराडाइजलाइ २६औं माडी गोल्डकपकाे उपाधि

१३ माघ ,माडी । २६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि प्याराडाईज फुटबल क्लब रत्ननगरले जितेको छ । शनिबार सम्पन्न फाइनलमा अफ्रिकी टोली माबोयी फुटबल क्लब, बुर्किना फासोलाई शून्यका विरुद्ध ४ गोलको अन्तरले हराउँदै प्याराडाईज माडी गोल्डकपको च्याम्पियन बनेको हो । बसन्तपुर खेलमैदानमा भएको फाइनल भिडन्तमा प्याराडाईजका लागि मौसम सुब्बा र दिपेश आले […]

पूरा पढ्नुहोस्

माडीको विकासका संभावना बाहिर आउन आवश्यक

चितवन, १२ माघ चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको माडी नगरपालिकाभित्र भएका विकासका संभावनाहरु सबैलाई जानकारी गराउनपर्ने सरोकारवालाहरुले बताउनुभएको छ । शुक्रबार नगरपालिका र जिल्लाका पत्रकारहरुबिच भएको अन्तर्कृया कार्यक्रममा उहाँहरुले सो कुरा बताउनुभएको हो । माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले माडीको विकासको लागि यहाँ धेरै संभावना रहेका बताउनुभयो । उहाँले माडीकाे धेरै कुराको सम्भावना रहेको […]

पूरा पढ्नुहोस्