चितवन, १२ माघ
चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको माडी नगरपालिकाभित्र भएका विकासका संभावनाहरु सबैलाई जानकारी गराउनपर्ने सरोकारवालाहरुले बताउनुभएको छ । शुक्रबार नगरपालिका र जिल्लाका पत्रकारहरुबिच भएको अन्तर्कृया कार्यक्रममा उहाँहरुले सो कुरा बताउनुभएको हो ।
माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले माडीको विकासको लागि यहाँ धेरै संभावना रहेका बताउनुभयो । उहाँले माडीकाे धेरै कुराको सम्भावना रहेको तर प्रचारप्रसार कम हुँदा आफुहरुले अनुभुती लिन नसकेको बताउनुभयो । पछिल्लो समयमा पालिकाले गरेका कुराहरु बाहिर नआएको उहाँको गुनासो थियोे । उहाँले सबैको नजरमा माडी दुर्गम भन्ने भान रहेको हुँदा त्यो दुर्गम शब्द हटाउनपर्ने बताउनुभयो । यहाँको विकासको लागि यहाँका कृषि र पर्यटनलाई अगाडी ल्याइएको प्रमुख महतोले उल्लेख गर्नुभयो । किसानलाई जंगली जनावरले दु:ख दिने गरेको भन्दै यसको समाधानका लागि आफुहरुले पहलगर्दै आएको भन्दै उहाँले माडी प्रवेश गर्ने एकमात्रै बाटो धुलोरहित बनाउनेतर्फ सबैले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले पत्रकारहरुलाइ यहाँको समस्याको उजागर र राम्रो पक्ष्यलाइ बाहिर ल्याइदिन अनुरोध गर्नुभयो ।
नगर उप प्रमुख खेमप्रसाद महतोले सम्भावना हुदाहुदै पनि माडी हरेक कुरामा पछि परेको बताउनुभयो । उहाँले निकुञ्जबाट माडी बासिले फाइदालिनुपर्ने तर भिभिन्न कारणले कुनै फाइदा नलिएअको उल्लेख गर्नु भयो। निकुञ्जको पुरानो ऐन कानुन परिवर्तन गरि यहाँको विकास गरिनुपर्ने उहाँको भनाइ थियो । कृषि र पर्यटनको मुख्य क्षेत्र यहाँ स्वागत गर्नका लागि सधैं उत्साहित रहेको भन्दै उहाँले यहाँको सम्भावनालाई पत्रकारले सकारात्मक कलम चलाउन आवश्यक रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले माडीको चिनारी बृतचित्र प्रस्तुत गर्दै कृषि र पर्यटनलाई मुख्य रुपमा बिकास गर्दै आएको बताउनुभयो ।
सो अबसरमा पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीले माडीलाइ भित्रैबाट बुझ्न र चिन्नको लागि पहिलो कार्ययोजना गाेष्ठि गर्न माडी रोजेको बताउनुभयो नगरपालिकाको समन्वयले गर्न लागेको माडिकाे धेरै सकारात्मक पक्षमा पत्रकारलले लेख्दै आएको धेरै आगामी दिनहरूमा पनि माडीकाे बिकसका संभावनाका कुराहरुलाइ बाहिर ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सो अबसरमा नगरपालिकाले नवनिर्वाचित पत्रकार महासघ चितवनका कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको थियो । कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष, सदस्य तथा पालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासघ चितवनको कार्ययोजना गाेष्ठीका लागि पत्रकारको टाेलि माडी आएको बेलामा यहाँ अन्तर्कृया गरिएको हो । आज र भोलि कार्ययोजना गाेष्ठी माडीमा रहने छ ।


प्रतिकृया दिनुहोस्