१३ आश्विन २०८३, मंगलवार

नेपाल अपडेट

मुग्लिङसम्म बाढीको खतरा! पृथ्वी राजमार्ग बन्द गर्न आग्रह

१०भदौ, काठमाडौं तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा ठूलो क्षति भएको छ। बाढीको असर चितवनको मुग्लिङसम्म पर्न सक्ने भन्दै बाढी सतर्कता केन्द्रले तत्काल सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी पूर्वानुमान शाखाले पृथ्वी राजमार्गसहित त्रिशूली नदी आसपासका करिडोर सडक बन्द गरी आवागमन रोक्न सरकारलाई आग्रह गरेको छ। त्रिशूली नदीसँग जोडिएका […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

८ भदौ ,चितवन ।  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ। संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन लागेका मुख्यमन्त्री थापामगरलाई सत्ता साझेदार नेकपा र एमालेले आफ्ना प्रदेशसभा सदस्यलाई पक्षमा मतदान गर्न ह्विप जारी […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसको संस्थापन इतर समूह १५औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने

३ भदौ, काठमाडौं नेपाली कांग्रेसको संस्थापन इतर समूह १५औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ । पार्टीले आधिकारिकता सम्बन्धी विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेपछि इतर समूह सर्वोच्च जाने भएको हो ।इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया तत्कालका लागि रोक्न माग गर्दै आफूहरू सर्वोच्च […]

पूरा पढ्नुहोस्

देशभर मनसुनको प्रभाव, केही प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ, साउन ३० हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बदली रहेको छ […]

पूरा पढ्नुहोस्

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ, १ साउन सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाबीच फर्जी लिखतहरू खारेज गर्दै मिटरब्याज उन्मूलनको घोषणा गर्ने सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट कुशवाहाले हस्ताक्षर […]

पूरा पढ्नुहोस्

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती, १ साउन बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत सेवा विस्तार गरेसँगै प्रदेशमा स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ । प्रदेश मातहतका अस्पतालहरूमा विभिन्न विशिष्टीकृत स्वास्थ्य सेवा थप गरिनुका साथै उपचार सुविधाको विस्तार गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरका अनुसार प्रदेश सरकारले भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशूली […]

पूरा पढ्नुहोस्

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा

  काठमाडौँ, ३२ असार   प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२र८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी परेको छ । त्यस अदालतमा दर्ता भएका ५१५ मुद्दामध्ये सबैभन्दा बढी सेवा सुविधासम्बन्धी रहेको प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले जानकारी दिनुभयो । यस आवमा उक्त अदालतमा सेवा सुविधासम्बन्धी २०२ थान मुद्दा दायर भएको थियो । अदालतमा बढुवासम्बन्धी १८७, सरुवाका १०१, […]

पूरा पढ्नुहोस्

पत्रकारलाई उपचारमा सहुलियत

बागमती, ३२ असार बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट  स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णय अनुसार नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशको सिफारिसमा पत्रकारलाई स्वास्थ्य सेवमा ५० प्रतिशत सहुलियत दिने जानकारी दिनुभयो । यहाँका प्रदेश अस्पतालले आइसियु, प्रयोगशाला, एक्सरे, […]

पूरा पढ्नुहोस्

आलेखः सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली

दाङ, ३२ असार   खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाको कार्यान्वयनले सिँचाइयोग्य जमिनको क्षेत्रफल विस्तार भएसँगै स्थानीय किसानको जीवनस्तरमा सुधार आएको देखिन्छ । हाइड्याम्प, लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाइभर्सन, सतह सिँचाइ प्रणालीको विकास गरिएको छ । विसं २०७३ मा सञ्चालनमा आएको सो सिँचाइ आयोजना […]

पूरा पढ्नुहोस्

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

इनरुवा (सुनसरी), ३२ असार बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ […]

पूरा पढ्नुहोस्

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन स् उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम, ३२ असार   इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ । दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समेत भएको थियो । उद्योग सञ्चालक गृष्म सुब्बाले उद्योगद्वारा उत्पादित अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान र जर्मनीका बजारमा बिक्री हुने गरेको जानकारी दिनुभयो छ । इलाम नगरपालिका–४ जस्बिरे […]

पूरा पढ्नुहोस्

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ, ३२ असार मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ । थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित जाँच गर्ने क्रममा करिब रु चार लाख ३५ हजार ८०० बराबरको अवैध सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार नेपाल–चीन कोरला नाकाबाट जोमसोम हुँदै […]

पूरा पढ्नुहोस्

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौँ, ३१ असार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा बिदा दिने निर्णयमा पुनःविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पूरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्न सक्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो । सरकारले इन्धनको आपूर्ति सहज […]

पूरा पढ्नुहोस्

सुकुम्वासी समस्या, महँगी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ३१ असार प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सुकुम्वासी समस्या, महँगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।       प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गीता गुरुङले सुकुमवासी समस्याको दीगो व्यवस्थापन, महँगी नियन्त्रण, शिथिल अर्थतन्त्रलाई नयाँ गति दिन तथा जनतामा आशा जगाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का गङ्गादेवी […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभाको बैठक सुरू

काठमाडौँ, ३१ असार राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । सभाको बैठकमा एउटा मात्रै कार्यसूची तोकिएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले महान्यायाधिवक्ता कार्यालयको आव २०८१र८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने  कार्यसूची छ । सभामा शून्यमा सांसदहरुले बल्नेक्रम सुरु भएको छ ।

पूरा पढ्नुहोस्

नेता कृषिकर्ममाः बाँझो जमिन हराभरा

तानसेन (पाल्पा), ३१ असार अरुलाई सिकाउँदै हिँड्ने नेता आफैँ कृषिकर्ममा लाग्न थालेपछि यहाँका बाँझा जमिन हराभरा हुन थालेका छन् । पाल्पाका नेताहरू बाँझो जग्गालाई भाडामा लिएर कृषिकर्ममा जुटेका हुन् । मुलुकको आर्थिक रुपान्तरण युद्धबाट होइन, कृषि क्रान्तिबाट मात्र सम्भव रहेको ठहर गर्दै उत्पादनमा लागेका हुन् । यहाँका मिन सी,  सुकुमार सीलगायत नेता  राजनीतिक गतिविधिसँगै व्यावसायिक […]

पूरा पढ्नुहोस्

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ, ३१ असार   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाः त्रासरहित पत्रकारिता गर्ने वातावरण मिलाउन सरकार समक्ष सचेतक परियारको आग्रह

काठमाडौँ, ३० असार सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकार र सञ्चार गृहलाई त्रासरहित वातावरणमा काम गर्न पाउने सुरक्षाको प्रत्याभूति गर्न सरकार समक्ष माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै सचेतक परियारले आफ्नो दल सधैँ लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा आकस्मिक समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ३० असार   प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले समसामयिक र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सांसद डा अमरेशकुमार सिंहले जनतामा निराशा छाएको अवस्थामा सरकार तथा प्रतिपक्ष दलहरूले उत्साह भर्ने खालको गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “जनता र लोकतन्त्र रहेमात्रै मुलुक रहन्छ”, उहाँले भन्नुभयो, “अहिले देखिएको निराशा […]

पूरा पढ्नुहोस्

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौँ, ३० असार विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा जोड दिइएको छ । सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले जनतासँग सम्बन्धित सार्वजनिक महत्वका विषयमा प्रश्न उठेपछि सरोकार भएकाहरुलाई बोलाएर छलफल गरिनुपर्नेमा जोड दिनुभएको हो । साथै केही सांसदले भने अदालतमा रहेको विषयमा छलफल गर्न नहुने धारणा राख्नुभयो । बैठकमा सांसदहरु वर्षमान पुन, […]

पूरा पढ्नुहोस्