१३ आश्विन २०८३, मंगलवार

समाचार

खाजा खर्च कटाएर नारायणी नमुना माविका विद्यार्थीले दिए रसुवा बाढीपीडितलाई १ लाख बढी

चितवन, १८ भदौ । चितवनको भरतपुर–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालयका विद्यार्थीले रसुवाका बाढीपीडितका लागि एक लाख ३६ हजार ८२५ रुपैयाँ सहयोग गरेका छन्। विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार कक्षा २ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आफ्नो एक दिनको खाजा खर्च कटाएर उक्त रकम संकलन गरेका हुन्। संकलित रकम रसुवाका बाढीपीडित परिवारको राहतका लागि प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

बिपी राजमार्गमा मालवाहक सवारीसाधन राति मात्रै सन्चालन हुने

काभ्रेपलान्चोक । बाढीले पृथ्वी राजमार्ग क्षतिग्रस्त भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ । पृथ्वी राजमार्ग क्षतिग्रस्त भई मुग्लिङ–काठमाडौं सडकमा सवारी आवागमन अवरुद्ध भएसँगै बिपी राजमार्गबाट मालवाहक सवारीसाधन समेत सञ्चालन हुन थालेपछि चाप बढेको हो । यसैबिच जिल्ला प्रशासन कार्यालय काभ्रेले मालवाहक सवारीसाधनको तौल सिमा तोकेको छ भने मालवाहक सवारीसाधन रातको समयमा मात्रै सञ्चालन गर्ने […]

पूरा पढ्नुहोस्

भोटेकोशी बाढी प्रभावितका लागि सिन्धुलीमा पनि राहत जुट्दै

सिन्धुली, १८ भदौं । गएको भदौँ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बिनासकारी बाढीबाट प्रभावित भएकाहरुका लागि सिन्धुलीमा पनि नगद र विभिन्न राहत सामाग्रीहरु सहयोग तथा संकलन भइरहेका छन् ।बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जिल्लाका स्थानीय सरकारहरु, विभिन्न संघसंस्था, विद्यालय, समुह, सहकारी मात्रै नभइ व्यक्तिगत रुपमा पनि सहयोग जुटीरहेको पाईन्छ । जिल्लाका नौ […]

पूरा पढ्नुहोस्

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा देवघाटमा साँझ सामुहिक दीप प्रज्वलन

१६ भदौ , चितवन भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा देवघाटमा साँझ सामुहिक दीप प्रज्वलन गरिएको छ । चितवन प्रशसनले आह्वान गरेको सामुहिक दीप प्रज्वलन सभामा सयौले पानीमा रुझेर रसुवा बाढीमा ज्यान गुमाएकालाइ श्रद्धाञ्जली दिएका थिए । भरतपुर महानगरपालिका–१ स्थित देवघाट जहाँ ३३५ शवको जमिन मुनि व्यवस्थापन गरिएको स्थलमा आज साँझ ६ बजे मृतकको सम्झनामा श्रद्धाञ्जली […]

पूरा पढ्नुहोस्

चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ शव व्यवस्थापन, १२ सनाखतपछि आफन्तले बुझे

१६ भदौ , चितवन चितवनमा विभिन्न स्थानमा फेला परेका ३४८ शवमध्ये हालसम्म ३३५ शव व्यवस्थापन गरिएको  छ भने १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन्। एक जना बालिकाको शव भने अझै भरतपुर सरकारी अस्पतालमा रहेको छ। फेला परेका ३४८ शवमध्ये ७३ महिला, ११८ पुरुष, ११ बालक, १७ बालिका र १२९ अन्य रहेका छन्। व्यवस्थापन गरिएका […]

पूरा पढ्नुहोस्

चितवनमा डि एन ए नमुना संकलन सुरु , मृतकका आफन्तले बिहान ९ देखि साँझ ५ बजेसम्म नमुना दिन सक्ने

१६ भदौ , चितवन आजदेखि चितवनमा डि एन ए नमुना संकलन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा उधोग संघको परिसरमा विहान ०९।०० बजेदेखि ५।०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि  बुबा,आमा,छोरा,छोरीमध्ये कुनै […]

पूरा पढ्नुहोस्

मुग्लिङसम्म बाढीको खतरा! पृथ्वी राजमार्ग बन्द गर्न आग्रह

१०भदौ, काठमाडौं तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा ठूलो क्षति भएको छ। बाढीको असर चितवनको मुग्लिङसम्म पर्न सक्ने भन्दै बाढी सतर्कता केन्द्रले तत्काल सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी पूर्वानुमान शाखाले पृथ्वी राजमार्गसहित त्रिशूली नदी आसपासका करिडोर सडक बन्द गरी आवागमन रोक्न सरकारलाई आग्रह गरेको छ। त्रिशूली नदीसँग जोडिएका […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै र पार्क निर्माण हुने

भदौ ९ ,चितवन भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ निर्माण गरिने भएको छ। जिल्ला समन्वय समिति ९जिसस० चितवनको ९औँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको कित्ता नम्बर १९५९ को जग्गामध्ये एक बिघा १६ कठ्ठा १४ धुर जग्गा सहिद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको हो। भरतपुर महानगरपालिकाका कार्यवाहक […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

८ भदौ ,चितवन ।  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ। संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन लागेका मुख्यमन्त्री थापामगरलाई सत्ता साझेदार नेकपा र एमालेले आफ्ना प्रदेशसभा सदस्यलाई पक्षमा मतदान गर्न ह्विप जारी […]

पूरा पढ्नुहोस्

माडीमा करार शिक्षकको पुनः परीक्षा हुँदै

चितवन, भदौ ८  माडी नगरपालिका–९ भालुखोलास्थित जनजागृति आधारभूत विद्यालयमा करार शिक्षक नियुक्तिका लागि पुनः परीक्षा हुने भएको छ। गत साउन ११ गते भएको परीक्षामा परीक्षार्थीको कोडिङमा प्राविधिक त्रुटि भएपछि नगरपालिकाले परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको हो। नगरपालिकाले उक्त त्रुटि मानवीय भूल भएको जनाएको छ। परीक्षार्थी धिरज महतोले प्राप्ताङ्कमा त्रुटि भएको भन्दै सुरुमै […]

पूरा पढ्नुहोस्

बढ्यो सुनको मूल्य

काठमाडौँ, भदौ ८  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला सुन तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार ९आज० तीन हजार २०० रुपैयाँले बढेर प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँ पुगे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्यमा भने केहि गिरावट देखिएको छ। आइतबार प्रतितोला […]

पूरा पढ्नुहोस्

चितवनमा आज ग्याँस वितरण नहुने

५ भदौ ,चितवन । चितवनमा आज एलपी ग्याँस वितरण नहुने भएको छ । बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं। १ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको घटनालाई लिएर उत्पन्न त नावपछि सडक अबरुद्ध हुँदा चितवन आउन लागेका ग्याँसका बुलेट सिमारामा रोकिएका हुन । जिल्ला प्रशासन कार्यालय चितवनले आज ग्याँस वितरण नहुने र […]

पूरा पढ्नुहोस्

चितवनको बकुलहर अस्पतालमा तीन वर्षमै बढ्यो बिरामीको चाप

चितवन, भदौ ५ पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा पछिल्ला तीन आर्थिक वर्षमा बिरामीको सङ्ख्या निरन्तर बढेको छ। गत आर्थिक वर्षमा मात्रै अस्पतालको बहिरङ सेवाबाट ३ लाख १७ हजार २६६ जनाले उपचार लिएका छन्। अस्पतालका अनुसार आर्थिक वर्ष २०८०र८१ मा २ लाख ४५ हजार ६९४, २०८१र८२ मा २ लाख ९६ हजार ५३८ र गत आवमा ३ […]

पूरा पढ्नुहोस्

चितवनमा १५५ जोखिमयुक्त रुख व्यवस्थापन

नारायणगढ, भदौ ४ डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न १३ स्थानबाट १५५ जोखिमयुक्त रुख व्यवस्थापन गरेको छ। सडक, सुरक्षा निकायका परिसर तथा विद्युत् प्रसारण लाइन आसपासबाट हटाइएका रुखबाट १ हजार ५७५ थान काठका गोलिया तथा ठुटा, ११ हजार ८०९.६२ क्युफिट काठ र १६.४५ चट्टा दाउरा सङ्कलन भएको कार्यालयले जनाएको छ। कार्यालयका वन […]

पूरा पढ्नुहोस्

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

  चितवन, भदौ ३ चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डढुवा (शीथ ब्लाइट) रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन्। नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा रोगका प्रारम्भिक लक्षण देखिन थालेपछि किसानलाई समयमै सचेत भएर बालीको नियमित निरीक्षण गर्न आग्रह गरिएको छ। खैरहनी नगरपालिकाकी कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार अहिले रोग व्यापक रूपमा […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसको संस्थापन इतर समूह १५औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने

३ भदौ, काठमाडौं नेपाली कांग्रेसको संस्थापन इतर समूह १५औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ । पार्टीले आधिकारिकता सम्बन्धी विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेपछि इतर समूह सर्वोच्च जाने भएको हो ।इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया तत्कालका लागि रोक्न माग गर्दै आफूहरू सर्वोच्च […]

पूरा पढ्नुहोस्

चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

चितवन, भदौ ३ डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार […]

पूरा पढ्नुहोस्

६ हजार ५०० बढी परिवारको भान्सामा धुवाँरहित चुलो

चितवन, भदौ १ सपना भिलेज सोसियल इम्प्याक्टले ग्रामीण समुदायमा हालसम्म ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ । स्वच्छ, सुरक्षित तथा स्वास्थ्यमा मैत्रीपूर्ण खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो । पछिल्लो पटक संस्थाले राप्ती नगरपालिका–८ का १५० परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण गरेको हो । […]

पूरा पढ्नुहोस्

चितवनमा बाघको आक्रमण: एक व्यक्ति र गाई घाइते

चितवन, साउन ३१  चितवनको राप्ती नगरपालिका–१, डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। आज बिहान करिब ६स्४० बजे बस्तीमा आएको बाघले राप्ती नगरपालिका–१ निवासी ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको हो। घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। सोही स्थानकी दिलाकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत […]

पूरा पढ्नुहोस्

पृथ्वी राजमार्ग पहिरो हटाएपछि सञ्चालनमा

चितवन ,साउन ३१ चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग पहिरो हटाएपछि सञ्चालनमा आएको छ । शनिबार राति करिब १०ः२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा नारायणगढ–काठमाडौं सडकखण्डको आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण सडक अवरुद्ध भएपछि सुरक्षाकर्मी तथा सडक मर्मत टोलीले पहिरो पन्छाउने काम गरेका थिए । पहिरो हटाएपछि आइतबार बिहानदेखि […]

पूरा पढ्नुहोस्