समाचार
देशभर मनसुनको प्रभाव, केही प्रदेशमा भारी वर्षाको चेतावनी
काठमाडौँ, साउन ३० हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बदली रहेको छ […]
पूरा पढ्नुहोस्
चितवनमा औलोको जोखिम बढ्यो, १५ जनामा संक्रमण
चितवन, साउन ३० गत आर्थिक वर्षमा जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो ९मलेरीया०को समस्या देखिएको छ । तीन हजार ४१५ जनाको परिक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो […]
पूरा पढ्नुहोस्
मुग्लिन–मलेखु सडक तीन वर्षमा ४६ प्रतिशत मात्रै प्रगति
चितवन, साउन २९ पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको तीन वर्ष छ महिनाको अवधिमा जम्मा ४६ प्रतिशत मात्र प्रगति भएको छ । करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी खण्डमा छुट्याइएर स्तरोन्नतिको काम अघि बढाइएको थियो ।विसं २०७९ पुस १५ गते तीन […]
पूरा पढ्नुहोस्
चितुवाको आतंकले भरतपुर बस्ती त्रसित, बच्चासहित देखापर्यो
नारायणगढ (चितवन), साउन २९ भरतपुरको बस्ती वरपर बच्चासहितको चितुवा घुम्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । निकुञ्जभित्र बाघ धेरै हुने भएकाले उनीहरुले आफ्नै छुट्टै क्षेत्र बनाउन नसकेर मानवबस्तीमा प्रवेश गर्ने गर्छन् ।राष्ट्रिय प्रकृति संरक्षण कोष वन्यजन्तु प्राविधिक तीर्थ लामाले बस्तीमा देखिएको चितुवा बच्चासँग भएकाले बच्चालाई बाघबाट जोगाउन र सुरक्षित राख्न बस्तीतिर छिरेको हुनसक्ने बताउनुभयो ।पोथी […]
पूरा पढ्नुहोस्
हटाइयो सिरहाको गोलबजारमा कर्फ्यू
सिरहा, साउन १७ जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यू आदेश पूर्ण रूपमा हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण तथा समीक्षापछि आज साँझ ७ बजेदेखि कर्फ्यू आदेश हटाइएको हो । यससँगै गोलबजार क्षेत्रमा अब कर्फ्यू आदेश लागू नहुने भएको छ । यसअघि प्रशासनले सुरक्षा […]
पूरा पढ्नुहोस्
गोलबजारमा कर्फ्यु दिनभर खुकुलो
सिरहा — जिल्ला प्रशासन कार्यालयले गोलबजारमा जारी कर्फ्यु आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्म खुकुलो बनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यु केही समयका लागि खुकुलो बनाइएको हो। यस अवधिमा सवारीसाधन सञ्चालनमा सहजीकरण गरिनेछ। तर, ५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने प्रशासनले स्पष्ट पारेको […]
पूरा पढ्नुहोस्
जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
चितवन — जेन–जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका ४५ वर्षीय आइर्तिसिंह लामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–११, थाकाटार निवासी लामालाई आफ्नै घरबाट एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। लामा एक सिङ्गे गैँडा मारेको र वन्यजन्तुसम्बन्धी कसुरमा ८१५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना८ सजाय तोकिएका कैदी हुन्। […]
पूरा पढ्नुहोस्
हिमाललाई जित्ने निम्सदाइ
संसारलाई “असम्भव भन्ने केही हुँदैन” भनेर विश्वास दिलाउने नेपाली पर्वतारोही निर्मल “निम्सदाइ” पुर्जाको जीवन अन्ततः उनै हिमालको काखमा टुंगिएको छ। ३० जुलाई २०२६ मा पाकिस्तानको ब्रोड पिकमा आएको भीषण हिमपहिरोले ४३ वर्षीय निम्सदाइसहित १० जना आरोहीलाई सधैंका लागि हामीबाट खोस्यो। संसारका अग्ला शिखरहरूलाई पटक–पटक जित्ने यो साहसी नेपाली अन्तिम पटक भने हिमालबाट फर्केर घर […]
पूरा पढ्नुहोस्
मैत्रीपूर्ण फुटसल प्रतियोगितासँगै बेटर चितवनको युथवान सुरु
भरतपुर, साउन १६ अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बेटर चितवनले युथवन को शुभारम्भ शनिबार मैत्रीपूर्ण फुटसल प्रतियोगिताबाट गरेको छ। भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम एकेडेमीमा आयोजित प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ९ टोलीले प्रतिस्पर्धा गरेका थिए। पुरुषतर्फ एमआरआर चितवन विजेता तथा रोटोर्याक्ट क्लब अफ चितवन उपविजेता बने भने महिलातर्फ एएनएफसी भरतपुर–२३ विजेता र रत्नप्रिय कल्ब रत्ननगर […]
पूरा पढ्नुहोस्
मनोज कँडेलको डिजिटल यात्रा: संघर्षदेखि सफलतासम्म
चितवन ,१४ साउन सन् २०२० मा सामाजिक सञ्जालमा कन्टेन्ट निर्माण सुरु गरेका चितवनको भरतपुर निवासी मनोज कँडेल आज नेपाली डिजिटल कन्टेन्ट क्षेत्रमा परिचित नाम बन्दै गएका छन्। सुरुका दिनहरू सहज थिएनन्। सीमित स्रोत, कम दर्शक र अनिश्चित भविष्यका बीच उनले निरन्तर प्रयासलाई भने कहिल्यै रोकिएनन्। कोभिड–१९ महामारीको समयमा धेरै युवाले सामाजिक सञ्जालतर्फ आकर्षण देखाइरहेका बेला […]
पूरा पढ्नुहोस्
दाङको राजपुरमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु
१० साउन, दाङ राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी ढिस्कोमा पुरिएका थिए । निजलाई उद्धार गरी अस्पताल पुर्याएकामा चिकित्सकले उनलाई मृत घोषणा […]
पूरा पढ्नुहोस्
फोहोर व्यवस्थापन: नारायणी नदी संरक्षण
९ साउन ,भरतपुर । बढ्दो शहरिकरण र जनसंख्या विस्तारसँगै नेपालमा फोहोर व्यवस्थापन अब केवल सरसफाइ वा प्राविधिक कार्यमा सीमित विषय रहेन । फोहोर कसरी व्यवस्थापन गरिन्छ भन्ने प्रश्नले राज्यको प्राथमिकता, राजनीतिक इच्छाशक्ति र नागरिकप्रति सरकारको जवाफदेहिता स्पष्ट रूपमा देखाउँछ । वातावरणीय सुरक्षा, जनस्वास्थ्य, सामाजिक उत्तरदायित्व, आर्थिक सम्भावना र सुशासनसँग गहिरो रूपमा जोडिएको यो बहुआयामिक मुद्दा […]
पूरा पढ्नुहोस्
अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन
काठमाडौँ, ७ साउन प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायीको छाता सङ्गठन ‘अर्ग्यानिक एसोसियसन नेपाल’ का पदाधिकारीले उहाँसँग गर्नुभएको छलफलका क्रममा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । “नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन गर्दछु”, […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
काठमाडौँ, ७ साउन मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ । विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गर्नुभयो । त्यस अवसरमा दीर्घ सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले […]
पूरा पढ्नुहोस्
गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने
काठमाडौँ, ७ साउन नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहालले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि आर्थिक, सामाजिक र मानवीय विकासका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट […]
पूरा पढ्नुहोस्
देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
काठमाडौँ, ७ साउन बाढीपहिरोका कारण देशका विभिन्न भागका छ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ११ सडकखण्ड आंशिक रूपमा सञ्चालनमा रहेका छन् । सडक विभागका अनुसार हालसम्म अवरुद्ध भएका ३३ सडकखण्ड मर्मतपछि पुनः सञ्चालन भएका छन् । विभागका महानिर्देशक विजय जैशीका अनुसार पहिरोले अवरुद्ध सडक खुलाउन सम्बन्धित स्थानमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण प्रयोग […]
पूरा पढ्नुहोस्
छ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाहीः झा
काठमाडौँ, ७ साउन तोकिएको समयमा नापतौलयन्त्रको इजाजतपत्र नवीकरण नगर्ने, तथा उपभोक्तालाई ठगी गर्ने छ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०८२÷८३ कारबाही गरिएको कार्यालय प्रमुख शम्भुकुमार झाले जानकारी दिनुभयो । नापतौलयन्त्रको इजाजतपत्र नवीकरण नगर्ने र सो यन्त्रमा घटबढ गरी उपभोक्तलाई ठगी गर्ने कार्य स्टाण्डर्ड नाप र […]
पूरा पढ्नुहोस्
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
बागमती, ७ साउन साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण गरेको छ । वितरणका लागि कार्यालयमा कूल २० हजार ६९ बोरा युरिया मल प्राप्त भएकोमा १७ हजार ४७७ बोरा वितरण भई आवको अन्त्यमा दुई हजार ६७५ बोरा मौज्दात बाँकी रहेको कार्यालय प्रमुख मधुसुदन अधिकारीले जानकारी दिनुभयो । […]
पूरा पढ्नुहोस्
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ७ साउन जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ । महाशाखाका अनुसार दोलखाको लामाबगरमा ८१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा मुख्यतः पहाडी क्षेत्रमा उल्लेख्य वर्षा भएको तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका […]
पूरा पढ्नुहोस्
चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
चितवन, ७ साउन चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका छन् । पछिल्ला वर्षमा स्वास्थ्य संस्थाको पहुँच, निःशुल्क प्रसूति सेवा र चेतनास्तरमा भएको वृद्धिले सुढेनी (परम्परागत सुत्केरी गराउने) को भरमा नपर्ने महिलाहरु नजिकको स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका हुन् । चितवनको भरतपुर जिल्ला अस्पतालबाट आर्थिक वर्ष […]
पूरा पढ्नुहोस्
