१६ भदौ , चितवन
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा देवघाटमा साँझ सामुहिक दीप प्रज्वलन गरिएको छ । चितवन प्रशसनले आह्वान गरेको सामुहिक दीप प्रज्वलन सभामा सयौले पानीमा रुझेर रसुवा बाढीमा ज्यान गुमाएकालाइ श्रद्धाञ्जली दिएका थिए ।
भरतपुर महानगरपालिका–१ स्थित देवघाट जहाँ ३३५ शवको जमिन मुनि व्यवस्थापन गरिएको स्थलमा आज साँझ ६ बजे मृतकको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । हरेक दिन शव व्यवस्थापन गर्न आउँदा प्रकृति समेत रोएको भन्दै भावुक अभिव्यक्ती दिए । “शव लिएर आउँदा हरेक दिन पानी परेको थियो ,आज दीप प्रज्वलनमा आउँदा समेत पानी पर्यो , उनले भावुक हुदैँ भने , मलाइ लाग्छ प्रकृति पनि रोएको होला ।”
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कार्यक्रममा हिन्दु, बौद्ध र इसाई संस्कृतिअनुसार धार्मिक विधि तथा पूजा–प्रार्थना गरी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रममा सर्वसाधारणको सहज सहभागिताका लागि भरतपुरका मुख्य मुख्य चोकहरु बाट निःशुल्क बसको समेत व्यवस्था गरिएको थियो ।
भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै धेरै शवहरू चितवनमा बगाएर ल्याएको थियो।बाढीले बगाएर ल्याएका शवहरू सडन थालेपछि पहिचान हुन नसकेकाशवहरूलाई जमिन मुनि व्यवस्थापन गरिएको थियो ।
भोलिका दिनमा शव सनाखत भएमा डिएनए मिलाएर परिवारले लैजान सक्ने गरी सुरक्षित ब्यबस्थापन गरिएको समेत प्रशासनले जनाएको छ । आज पूजा गरेलगत्तै उक्त शव ब्यबस्थापन स्थल तारबार सहित शिल गरिएको छ ।


प्रतिकृया दिनुहोस्