चितवनको माडीमा एक महिलाले आफ्नै शरीरमा मट्टीतेल छर्केर आगो लगाएकी छन्। आगोले जलेर घाइते भएकी करिब ३० वर्षीया मुना महत्तोको अवस्था गम्भीर रहेको छ।
प्राप्त जानकारीअनुसार, महत्तोले आफ्नै शरीरमा आगो लगाएको उनकी छोरीले देखेपछि स्थानीयको सहयोगमा तत्काल माडीस्थित बघौडा अस्पताल पुर्याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई भरतपुरस्थित सरकारी अस्पतालमा रिफर गरिएको हो।
घटनामा महत्तोको घाँटीभन्दा माथिको भाग करिब १० प्रतिशत जलेको बताइएको छ। उनको अवस्था गम्भीर रहेको जनाइएको छ। प्रारम्भिक जानकारीअनुसार, महत्तोका श्रीमान् वैदेशिक रोजगारीमा छन्। उनी घरमा दुई छोरीसँग बस्दै आएकी थिइन्।
महत्तोले आफ्नै शरीरमा आगो लगाउनुको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।


प्रतिकृया दिनुहोस्