१३ आश्विन २०८३, मंगलवार

सुदुर अपडेट

बाजुरामा भरूवा बन्दुकसहित दुई जना पक्राउ

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-३ स्थितबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ रिवडा बस्ने ४० वर्षीय धिरेन्द्र शाही र सोही गाउँपालिका-३ पिपलाडी बस्ने ३० वर्षीय रमेश शाही रहेका छन् । धिरेन्द्रको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

धनगढी । आर्थिक वर्ष सुरू भएको दुई महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । असार एक गते प्रदेश सभामा प्रस्तुत भएको विनियोजन विधेयेक फिर्ता लिँदै प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले ल्याएको बजेटमा […]

पूरा पढ्नुहोस्

डोटी साहित्य उत्सव ३ असोजमा, पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

काठमाडौं । नेपाली लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठानले ३ असोजमा ‘डोटी साहित्य उत्सव-२०८१’ आयोजना गर्ने भएका छन्। संविधान दिवस पारेर उत्सव आयोजना गरिने लेखक संघ डोटीका अध्यक्ष फणीन्द्र साउदले बताए। उत्सवमा सुदूरपश्चिमका ९ वटै जिल्लाका स्रष्टाको प्रस्तुति रहने उनको भनाइ छ। ‘उत्सवमा जनप्रतिनिधिसँग साहित्य, कला र संस्कृति संरक्षणमा स्थानीय सरकारको भूमिका विषयक बहस […]

पूरा पढ्नुहोस्

धार्मिक पर्यटनका दृष्टिकोणले सूदुरपश्चिम भर्जिन क्षेत्र – मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । विहिबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ । मानव विकास सूचकांकका दृष्टिकोणले समेत […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १५८ रनको लक्ष्य पछ्याएको बागमतीले १६.१ ओभरमा अल आउट हुदै ४८ रन मात्र बनाएको थियो । त्यसअघि […]

पूरा पढ्नुहोस्

दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते

धनगढी, २५ वैशाख । दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते भएकी छन्। जिल्लाको महाकाली नगरपालिका–४ कि चार वर्षीया जेबिका धामीलाइ सोमवार महाकाली नगरपालिका–५ बाट नौगाडतर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते बालिकालाइ उपचारको लागि धनगढी रेफर गरिएको छ। मोटरसाइकल र चालक २२ वर्षीय सन्तोष सिंह मुन्याललाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

पूरा पढ्नुहोस्

बझाङ मतगणना ताजाअपडेट: एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले १३०३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ६५६ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ४०१ मत र एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले […]

पूरा पढ्नुहोस्

उपचुनाव अपडेट:मतगणना जारी , इलाम-२ मा कंग्रेस ,बझाङमा एमाले अगाडि

इलाम । इलाम -२ को मत गणनाको पछिल्लाे अपडेट आएको छ । प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता बनाएका छन् । खड्काले ११४५ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले १०६३ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले २०९ […]

पूरा पढ्नुहोस्

डडेल्धुरामा आगोमा परी एक जनाको मृत्यु

काठमाडौं, १६ बैशाख । डडेल्धुरामा आगोमा परेर एक जनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। खरबारीमा लगाएको आगोमा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा उनी शुक्रबार खरबारीको आगोमा परेका थिए।

पूरा पढ्नुहोस्

इलाम-२ को भाेली बिहान ७ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना

१५ बैशाख , काठमाडौँ । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भनिएकाेमा सबैबाट अाइनसकेकाले भाेली बिहान ७ बजेपछि मात्र  मतगणना सुरू हुने भएको छ । इलाम- २ मा  इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिदै छ । यस अघि  राति ११ बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिममा फेरी लफडा, एसका सोडारीलाई एमालेको अस्वीकार

धनगढी । मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपनि सुदूरपश्चिमको राजनीति फेरी तरंगित बनेको छ । एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडी सरिसकेको छ तर एमालेले भने उनी विवादित व्यक्त भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरी तरंगित बनेको हो । […]

पूरा पढ्नुहोस्

भीम रावलको टिप्पणी- सुदूरपश्चिममा सत्ताको खेल जनताको आकाङ्क्षा विपरित

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिममामा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जनाले दाबि पेश गरेपछि एमाले नेता रावलले यस्तो टिप्पणी गरेका हुन् । नेता रावलले यस्तै कृत्य संघियताको मानक हो भने संघियताको औचित्य नभएको बताएका […]

पूरा पढ्नुहोस्

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विराेध

धनगढी, पुस २७-टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विराेध निर्वाचित भएका छन् । कैलालीको टीकापुरमा जारी उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा शुक्रबार निर्वाचन कार्यक्रम थियो। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको हो। यसअघि उनकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष थिइन्। यसअघि पार्टीको संरक्षक रहेका चौधरी २०७४ सालमा कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित […]

पूरा पढ्नुहोस्

महाकाली घाट आजबाट खुल्ने

कन्चनपुर, २७ मंसिर । महाकाली घाट आजबाट खुल्ने भएको छ। कन्चनपुरमा रहेको महाकाली घाटबाट नदिजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता स्विकृत भइसकेकाले आजबाट खुल्ने भएको हो। काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट रकम सहित ७ करोड ७७ लाखमा घाटको ठेक्का सम्झौता गरेको हो। ठेक्का प्रकृया सकिइसकेकाले आजदेखि महाकाली नदीको घाट खुल्ने भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए। […]

पूरा पढ्नुहोस्

सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

डडेल्धुरा, १५ मंशिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार चाँडै ढल्ने दावी गरेका छन । डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दावी गरेका हुन । यो सरकार ढाल्नै पर्दैैन, यो त आफै ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ जारी सभालाई सम्बोधन गर्दै ओलीले भने, […]

पूरा पढ्नुहोस्