१४ आश्विन २०८३, बुधबार

लुम्बिनी अपडेट

रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान

भैरहवा ।  रुपन्देहीमा मेरो सवारी मेरो लेन अभियान अन्गर्तत ११ हजार ६ सय १२ ठूला सवारीसाधान, १९ हजार ५ सय ८३ वटा साना सवारीसाधान सचेत गराइएको छ । सवारी चालकलाई लेन अनुसान सिकाउने उद्देश्यले एक साता देखि रुपन्देहीका विभिन्न सडकहरुमा यो अभियान गरिएको थियो । अभियानमा चालकहरुलाई सुसुचित गर्ने र बढ्दो सवारी चापसँगै लेन अनुशासनका […]

पूरा पढ्नुहोस्

दाङको सतवरियामा डुवानमा परेकाहरुको सकुशल उद्वार

दाङ । अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुवान परेका २५ जनाको असार २२ गते सकुशल उद्वार गरिएको छ । नं. २९ गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रवर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको हो । सोही स्थानका करीव ५० घरहरु डुवानमा परेका थिए ।

पूरा पढ्नुहोस्

लुम्बिनीको नीति तथा कार्यक्रम सार्बजनिक

काठमाडौं । लुम्बिनी प्रदेशको नयाँ आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । लुम्बिनीले अधिकांश पुरानै कार्यक्रमलाई दोहोर्याएको छ । नीति तथा कार्यक्रम कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन विकास, पूर्वाधार विकासलगायतलाई प्राथमिकतामा राखिएको छ । नीति […]

पूरा पढ्नुहोस्

दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु

दाङ, २ जेठ । बबई नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ। बबई गाउँपालिका–७ ओदालेस्थित बबई नदीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा डुबेर बबई-५ हापुरेका १६ वर्षीय दिपेश परियार र उनका दाजु १८ वर्षीय दीपक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। दीपकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा र दिपेशको घटनास्थलमै मृत्यु […]

पूरा पढ्नुहोस्

गर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भिड

भैरहवा सन्तकबिर नगरका हनि सिंह साथीहरु सँग भैरहवाको एक्वा पार्कमा आइतबार ११ बजे विहानै आए, उनी नेपाल आउनुको एउटा मात्रै उद्देश्य केही भएपनि गर्मीमा राहत होस भन्दै वाटर पार्कको आनन्द लिनु थियो । जसअनुरुप उनले करिब ६ घण्टा नेपालमा विताएर साझ घर तर्फ लागे । यस्तै प्रदिप शर्मा पनि परिवार सहित गर्मी छल्न यहाँ आए […]

पूरा पढ्नुहोस्

कपिलवस्तुको वाणगंगामा श्रीमान्–श्रीमती मृत फेला

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् । बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ । ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । मृतक श्रीमान् भर्‍याङमा झुन्डिएको अवस्थामा […]

पूरा पढ्नुहोस्

नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, लुम्बिनीमा भयो कृत्रिम आगलागीको अभ्यास

भैरहवा नेपाल आगलागी जोखिमको हिसाले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकांक २०२३का अनुसार नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, भुकम्पीय जोखिमको हिसाबले ११ औँ, बाढि पाहिरोको हिसाबले ३० औँ स्थानमा छ । वर्षेनी हुने शितलहर, आगलागी, अतिबृष्टि, अनावृष्टि, हिमपातलगायतको कारणले सयौँको ज्यान जाने गरेको छ । रुपन्देहीमा अहिलेको समयमा दैनिक जसो विभिन्न स्थानमा […]

पूरा पढ्नुहोस्

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा, ८ वैशाख । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार राती लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो । […]

पूरा पढ्नुहोस्

सल्यानमा बस दुर्घटना: १४ घाइते, चारको अवस्था गम्भीर

५ बैशाख, बुटवल । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ। भने  १० जना सामान्य छन्।घाइतेको थारमारे प्राथमिक स्वास्थ्य […]

पूरा पढ्नुहोस्

रुपन्देहीको तिलोत्तमामा बस दुर्घटना ,यात्रु सकुशल

२ बैशाख,बुटवल । रुपन्देहीको तिलोत्तमामा बस दुर्घटना भएको छ । अाइतबार विरगञ्जदेखि भैरहवाका लागि छुटेको उक्त बस आफै अनियन्त्रीत भई तिलोत्तमा १५ कोटिहवामा सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएकाे हाे । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको रुपन्देही प्रहरीले जानकारी दिएकाे छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता प्रहरी नायव उपरीक्षक  लक्ष्मी खनालका अनुसार बा […]

पूरा पढ्नुहोस्

दाङको भालुबाङ बस दुर्घटना:चक्का नघुमेपछि बस नदीमा खस्यो

दाङ, पुस  २८ दाङको भालुबाङमा शुक्रबार राति भएको बस दुर्घटना प्राविधिक कारणले भएको चालकले बताएका छन् । सल्यान त्रिवेणी निवासी २८ वर्षीय चालक लालबहादुर नेपालीले प्रहरीसमक्ष चक्का नघुमेपछि  बस पुलबाट राप्ती नदीमा खसेको बयान दिएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बस चालक लालबहादुरले  ‘ड्राइभ शाफ्ट’ बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान […]

पूरा पढ्नुहोस्

रविकाे दबाब यात्रा :गरे ११३ किलोमिटर पैदल

चितवन,पुस ११-नारायणगढ–बुटबल सडकमा दबाब यात्रा सम्पन्न भएकाे  छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाको टोलीले नारायणगढदेखि बुटबलसम्मको सडक खण्डमा तीन दिन लगाएर १ सय १३ किलोमिटर लामो पैदल यात्रा गरेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको यो सडक खण्ड स्तरोन्नतिमा ढिलाइ भएपछि दबाबस्वरूप यो पैदलयात्रा गरेको रास्वपाले जनाएको छ । ३ वर्षमा काम सक्ने गरी २०७५ […]

पूरा पढ्नुहोस्

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

बुटवल, ७ पुस । लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै लुम्बिनी प्रदेशमा कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाइएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार गठन भएको ८ महिनापछि दुई मन्त्री थप गरेका हुन्। चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। […]

पूरा पढ्नुहोस्

बाघको आक्रमणबाट बर्दियामा बालकको मृत्यु

काठमाडौं, ७ पुस । बर्दियामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ। आज  बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरियामा सोही ठाउँमा बस्ने अन्दाजी १० वर्षका सुमित थारूको मृत्यु भएको प्रहरीले जनाएको छ। बबई नदीमा नुहाउन गएका उनलाई जीरा सामुदायिक वन नजिक पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो। उपचारका लागि आरसी थारू मेमेरियल अस्पताल […]

पूरा पढ्नुहोस्

चेक बाउन्स मुद्दामा दाङ उद्योग वाणिज्य संघका सदस्य पक्राउ

रुपन्देही, ६ पुस । बैंकमा रकम नभएको चेक दिएर सताएको आरोपमा दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन्। बाँके जिल्ला अदालतको आदेशमा बुढाथोकीलाई बैंक कसूरमा पक्राउ गरी शुक्रबार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। कुखुरा व्यवसाय गर्दै आएका बुढाथोकीविरुद्ध दाना कम्पनीले अदालतमा चेक बाउन्समा मुद्दा हालेको थियो। जिल्ला […]

पूरा पढ्नुहोस्

दाङमा टिपर र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

बुटवल, २७ मंसिर ।  दाङमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा आमाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा लमही ४ निवासी ६४ वर्षीय दीपा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको नरा १ ख २८४० नम्बरको खाली […]

पूरा पढ्नुहोस्