२ बैशाख,बुटवल । रुपन्देहीको तिलोत्तमामा बस दुर्घटना भएको छ । अाइतबार विरगञ्जदेखि भैरहवाका लागि छुटेको उक्त बस आफै अनियन्त्रीत भई तिलोत्तमा १५ कोटिहवामा सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएकाे हाे । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको रुपन्देही प्रहरीले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालका अनुसार बा ४ ख ४८६ नम्बरको बस बिहान करिब ५ बजे दुर्घटनामा परेको थियो ।
बसमा सवार १९ जना यात्रु सकुशल रहेको र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको डिएसपी खनालले जानकारी दिनुभयाे।


प्रतिकृया दिनुहोस्