१३ आश्विन २०८३, मंगलवार

विविध

खाजा खर्च कटाएर नारायणी नमुना माविका विद्यार्थीले दिए रसुवा बाढीपीडितलाई १ लाख बढी

चितवन, १८ भदौ । चितवनको भरतपुर–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालयका विद्यार्थीले रसुवाका बाढीपीडितका लागि एक लाख ३६ हजार ८२५ रुपैयाँ सहयोग गरेका छन्। विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार कक्षा २ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आफ्नो एक दिनको खाजा खर्च कटाएर उक्त रकम संकलन गरेका हुन्। संकलित रकम रसुवाका बाढीपीडित परिवारको राहतका लागि प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

बढ्यो सुनको मूल्य

काठमाडौँ, भदौ ८  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला सुन तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार ९आज० तीन हजार २०० रुपैयाँले बढेर प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँ पुगे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्यमा भने केहि गिरावट देखिएको छ। आइतबार प्रतितोला […]

पूरा पढ्नुहोस्

हिमाललाई जित्ने निम्सदाइ

  संसारलाई “असम्भव भन्ने केही हुँदैन” भनेर विश्वास दिलाउने नेपाली पर्वतारोही निर्मल “निम्सदाइ” पुर्जाको जीवन अन्ततः उनै हिमालको काखमा टुंगिएको छ। ३० जुलाई २०२६ मा पाकिस्तानको ब्रोड पिकमा आएको भीषण हिमपहिरोले ४३ वर्षीय निम्सदाइसहित १० जना आरोहीलाई सधैंका लागि हामीबाट खोस्यो। संसारका अग्ला शिखरहरूलाई पटक–पटक जित्ने यो साहसी नेपाली अन्तिम पटक भने हिमालबाट फर्केर घर […]

पूरा पढ्नुहोस्

मैत्रीपूर्ण फुटसल प्रतियोगितासँगै बेटर चितवनको युथवान सुरु

भरतपुर, साउन १६  अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बेटर चितवनले युथवन को शुभारम्भ शनिबार मैत्रीपूर्ण फुटसल प्रतियोगिताबाट गरेको छ। भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम एकेडेमीमा आयोजित प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ९ टोलीले प्रतिस्पर्धा गरेका थिए। पुरुषतर्फ एमआरआर चितवन विजेता तथा रोटोर्याक्ट क्लब अफ चितवन उपविजेता बने भने महिलातर्फ एएनएफसी भरतपुर–२३ विजेता र रत्नप्रिय कल्ब रत्ननगर […]

पूरा पढ्नुहोस्

मनोज कँडेलको डिजिटल यात्रा: संघर्षदेखि सफलतासम्म

चितवन ,१४ साउन सन् २०२० मा सामाजिक सञ्जालमा कन्टेन्ट निर्माण सुरु गरेका चितवनको भरतपुर निवासी मनोज कँडेल आज नेपाली डिजिटल कन्टेन्ट क्षेत्रमा परिचित नाम बन्दै गएका छन्। सुरुका दिनहरू सहज थिएनन्। सीमित स्रोत, कम दर्शक र अनिश्चित भविष्यका बीच उनले निरन्तर प्रयासलाई भने कहिल्यै रोकिएनन्। कोभिड–१९ महामारीको समयमा धेरै युवाले सामाजिक सञ्जालतर्फ आकर्षण देखाइरहेका बेला […]

पूरा पढ्नुहोस्

फोहोर व्यवस्थापन: नारायणी नदी संरक्षण

९ साउन ,भरतपुर । बढ्दो शहरिकरण र जनसंख्या विस्तारसँगै नेपालमा फोहोर व्यवस्थापन अब केवल सरसफाइ वा प्राविधिक कार्यमा सीमित विषय रहेन । फोहोर कसरी व्यवस्थापन गरिन्छ भन्ने प्रश्नले राज्यको प्राथमिकता, राजनीतिक इच्छाशक्ति र नागरिकप्रति सरकारको जवाफदेहिता स्पष्ट रूपमा देखाउँछ । वातावरणीय सुरक्षा, जनस्वास्थ्य, सामाजिक उत्तरदायित्व, आर्थिक सम्भावना र सुशासनसँग गहिरो रूपमा जोडिएको यो बहुआयामिक मुद्दा […]

पूरा पढ्नुहोस्

बुधबारदेखि वर्षा कम हुने

काठमाडौँ, ४ साउन  जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश स् कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि […]

पूरा पढ्नुहोस्

अग्नि नियन्त्रक र नगर प्रहरीलाई विपद् व्यवस्थापन तालिम

महेन्द्रनगर (धनुषा), ३० असार   सशस्त्र प्रहरी बल नेपाल र जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरनगर प्रहरीलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक प्रतिकार्य विषयमा प्रशिक्षित तुल्याएको छ । उक्त बल र उपनगरपालिकाको समन्वयमा समुदायस्तरमा दक्ष जनशक्ति उत्पादन गर्न सञ्चालित विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम आज सम्पन्न भएको छ । तालिम समापन समारोहमा उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले […]

पूरा पढ्नुहोस्

विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

सुदूरपश्चिम, ३० असार   सुदूरपश्चिम प्रदेशमा ढिलो गरी यही असार १६ गतेदेखि मनसुन सक्रिय भएको छ । यस वर्ष मनसुन ऋतुमा औसतमा कम वर्षा हुने अनुमान छ । सुदूरपश्चिमलगायत केही प्रदेशमा सरदरभन्दा यस वर्ष कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागको आकलन छ । जबकी यस वर्ष प्रि–मनसुनमा […]

पूरा पढ्नुहोस्

बौलाहा खोलामा मोटरेबल पुल निर्माण

त्रिवेणी( नवलपरासी), २९ असार नवलपरासी ९बर्दघाट सुस्ता(पूर्व० नवलपुरको देवचुली नगरपालिका(३ र देवचुली नगरपालिका(१२ लाई जोड्ने बौलाहा खोलामाथिको मोटरेबल पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएपछि वर्षायाममा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयवासीको वर्षौँदेखिको बाध्यता अन्त्य भएको हो । पैतालिस मिटर लामो उक्त पुल गण्डकी प्रदेश सरकारको लगानीमा ब्रर्दश(देवचुली जेभीले रु छ […]

पूरा पढ्नुहोस्

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट, २७ असार कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ । स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिलागुफाको स्याउको विश्वसनीयता जोगाउन सिफारिस अनिवार्य […]

पूरा पढ्नुहोस्

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

नवलपरासी, २६ असार गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा पूजाआजासँगै व्यायम गर्नका आउने मानिसहरुको सङ्ख्या बढ्दै गएको छ । महेन्द्र राजमार्गको गैँडाकोटबाट करिब चार किलोमिटर उत्तरमा पहाडको टाकुरामो रहेको यस मन्दिरमा स्थानीयहरु दैनिक व्यायम गर्नसमेत आउने गरेका छन् । धार्मिक सेवा समिति मौलाकालीका अध्यक्ष खगेन्द्रदास कँडेलले टाढाटाढाबाट देवी कालीको दर्शन गर्न श्रद्धालुहरु आउने गरेका […]

पूरा पढ्नुहोस्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, २६ असार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ५०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु १५, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु २८, आलु रातो ९लाम्चो० प्रतिकिलो रु ४७, आलु रातो ९गोलो० प्रतिकिलो रु ४०, आलु रातो ९मुढे० […]

पूरा पढ्नुहोस्

ट्राउटपालन माछा : वार्षिक १२ लाख आम्दानी

ढोरपाटन (बागलुङ), २५ असार बागलुङको ताराखोला गाउँपालिका–४ का अध्यक्ष जीतबहादुर खत्री बिहान उठ्दा बित्तिकै ट्राउट माछा फर्ममा पुग्नुहुन्छ । खत्रीको बिहान माछा फर्मको सरसफाइ र दाना दिँदैमा बित्छ । दिनभर वडा कार्यालय र नागरिकको काममा खटिनुहुने उहाँ साँझ परेपछि माछाकै फर्ममा पुग्नुहुन्छ । ट्राउट माछापालनका लागि सफा पानी चाहिने हुँदा अध्यक्ष खत्रीले बिहान बेलुकाको समय […]

पूरा पढ्नुहोस्

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

काठमाडौँ, २५ असार प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक आज सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गरेको छ । बैठकमा आयोगका नवनियुक्त उपाध्यक्ष डा देवेन्द्र खत्रीले कार्यविधि स्वीकृत गर्ने सम्बन्धमा प्रस्ताव […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

  काठमाडौँ, २५ असार प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष […]

पूरा पढ्नुहोस्

बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

काठमाडौँ, २५ असार सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको अवरोध हटाएको छ । बुधबारको मन्त्रिपरिषद्को निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो । मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणलाई वन ऐन, २०७६ को दफा ४२९१० बमोजिम मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटे सामुदायिक वन उपभोक्ता समूह तथा […]

पूरा पढ्नुहोस्

पोखरामा फालिएका कपडाबाट नयाँ उत्पादन निर्माणसम्बन्धी तालिम सुरु

  पोखरा, २४ असार कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ( KOICA), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा सञ्चालित “रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना (GCRU) परियोजना” अन्तर्गत अमरसिंहचोक, पोखरामा फालिएका कपडाको पुनःप्रयोगमार्फत नयाँ उत्पादन निर्माणसम्बन्धी ३० दिने सिलाइ, कटाइ, डिजाइन तथा सीप विकास तालिम सुरु भएको छ। यस तालिममा पोखरा महानगरपालिकाका […]

पूरा पढ्नुहोस्

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी, २४ असार पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढेको पाइएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालनमा ल्याएको बञ्जीजम्प गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । गत जेठमा ५०० जनाले बञ्जीजम्प गरेकामा त्यस मध्ये ५० प्रतिशत सहासिक भारतीय पर्यटक रहेको बञ्जी नेपाल एडभेन्चर्स प्रालिका अध्यक्ष दुर्गादत्त खरेलले जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई

काठमाडौँ, १९ असार  दुई दशकअघि मोरङका लोकबहादुर राई रोजगारीको खोजीमा कतार पुग्दा मनमा ठूलो सपना थिएन । एउटा एकतले पक्की घर बनाउने र परिवारको जीवन केही सहज बनाउने चाहना मात्रै थियो । कतारमा पुगेर उहाँले सोचेजस्तै काम पाउनुभयो । कम्पनी राम्रो पर्‍यो, कमाइ पनि सन्तोषजनक भयो । तर, पैसा कमाइरहँदा पनि मन भने सधैं नेपालकै […]

पूरा पढ्नुहोस्