चितवन, १८ भदौ ।
चितवनको भरतपुर–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालयका विद्यार्थीले रसुवाका बाढीपीडितका लागि एक लाख ३६ हजार ८२५ रुपैयाँ सहयोग गरेका छन्।
विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार कक्षा २ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आफ्नो एक दिनको खाजा खर्च कटाएर उक्त रकम संकलन गरेका हुन्।
संकलित रकम रसुवाका बाढीपीडित परिवारको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रधानाध्यापक दुवाडीले जानकारी दिए।
विद्यार्थीहरूले आफ्नो दैनिक खाजाका लागि छुट्याइएको रकम कटाएर विपद्मा परेका परिवारलाई सहयोग गरेका हुन्।
विद्यालयले विद्यार्थीको यो पहललाई सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको उदाहरणका रूपमा लिएको जनाएको छ।


प्रतिकृया दिनुहोस्