बाग्मती अपडेट
बागमती प्रदेशका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै
८ भदौ ,चितवन । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ। संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन लागेका मुख्यमन्त्री थापामगरलाई सत्ता साझेदार नेकपा र एमालेले आफ्ना प्रदेशसभा सदस्यलाई पक्षमा मतदान गर्न ह्विप जारी […]
पूरा पढ्नुहोस्
प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार
बागमती, १ साउन बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत सेवा विस्तार गरेसँगै प्रदेशमा स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ । प्रदेश मातहतका अस्पतालहरूमा विभिन्न विशिष्टीकृत स्वास्थ्य सेवा थप गरिनुका साथै उपचार सुविधाको विस्तार गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरका अनुसार प्रदेश सरकारले भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशूली […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग
काठमाडौँ, २४ असार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाइएका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन् । नेकपा ९एमाले०का राजेन्द्रकुमार राईले आफूहरूले प्रतिनिधिसभाको नियमावलीमा भएको व्यवस्थाबमोजिम नै प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन माग गर्दै आएको जिकिर गर्नुभयो । उहाँले संवाद र सहमतिको वातावरण सृजना गर्न पनि आग्रह गर्नुभयो […]
पूरा पढ्नुहोस्
रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
काठमाडौँ, १७ असार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनुभएको छ । चमतीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनुभयो । सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्र र ‘घण्टी’ उपहार दिनुभएको थियो । केन्द्रीय सदस्यको शपथपछि सभापति लामिछानेले निर्वाचित पदाधिकारीलाई शपथ गराउनुभयो […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
काठमाडौँ, १४ असार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिबारे सदनमै पुनः स्पष्ट पार्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको प्रारम्भमा विपक्षी दलका सांसद आफ्ना आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले उहाँहरुलाई आफ्ना धारणा सदनमा प्रस्तुत गर्न समय दिनुभएको थियो । नेपाली कांग्रेसका रेनुका काउँचाले प्रधानमन्त्रीले संसद्मा स्पष्ट […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
काठमाडौँ, १४ असार प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । सांसदहरूरु हरिप्रसाद भुसाल र सुशील खड्काले सो विधेयकमाथि राख्नुभएको संशोधन फिर्ता लिनुभयो । सांसदहरू गङ्गालक्ष्मी अवाल, डा पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार […]
पूरा पढ्नुहोस्
रास्वपाको पहिलो महाधिवेशनको स्थल परिवर्तन हालसम्म भएको छैन :सभापति खनाल
२ असार , भरतपुर । चितवनमा हुन लागेको रास्वपाको पहिलो महाधिवेशनको स्थल परिवर्तन हालसम्म भएको छैन । रत्ननगरको होटल स्टारमा हुने भनिएको महाधिवेशन सरेर चितवन उद्योग संघमा गरिने भनिएको कुरामा सत्यता नरहेको रास्वपा चितवनका सभापति इ मिनिमाधव खनालले चितवन अपडेटलाइ जानकारी दिए । अधिवेशनका लागी चितवन उद्योग संघको हल हेर्न पुगेको भएपनि हालसम्म निश्चित नभएको […]
पूरा पढ्नुहोस्
बागमतीको बजेट ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार
बागमती, १ असार बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले उक्त बजेट सार्वजनिक गर्नुभएको हो । “समृद्ध बागमतीको अभियानः सुशासन, प्रविधि र उत्पादन” भन्ने मूल नीतिलाई कार्यान्वयन गर्दै उद्यमशीलतामार्फत […]
पूरा पढ्नुहोस्
देशभर रास्वपाको जिल्ला अधिवेशन जारी ,भोलि चितवनमा हुँदै
काठमाडौँ, २३ जेठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी जिल्ला अधिवेशनअन्तर्गत आज ३८ जिल्लामा मतदान तथा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार आज झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन भएका छन् । यस्तै स्याङ्जा, कास्की, पर्वत, […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाः सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
काठमाडौँ,६ जेठ प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउन थाल्नुभएको छ । बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । तत्पश्चात् सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन र प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै […]
पूरा पढ्नुहोस्
केयुको नयाँ उपकुलपति बने प्राध्यापक वाग्ले
काठमाडौँ, १ जेठ काठमाडौँ विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उहाँलाई जिम्मेवारी तोक्नुभएको हो । उहाँ सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुनुहुन्छ । आजैदेखि उहाँले कार्यभार पनि सम्हाल्नुभएको केयुले जनाएको […]
पूरा पढ्नुहोस्
लुम्बिनी मन्त्रिपरिषद् बैठकः ८ वटा मन्त्रालय राख्ने तयारी
लुम्बिनी, १ जेठ : लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेश मन्त्रालय आठ कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको सङ्गठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो […]
पूरा पढ्नुहोस्
बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य
मकवानपुर, १ जेठः बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । उहाँले बागमती प्रदेश मन्त्रीपरिषद्बाट सिफारिसबमोजिम आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो । प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो ।
पूरा पढ्नुहोस्
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौं – नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)को सिफारिसमा १४ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका छन् । त्यस्तै, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन गरेका छन् साथै ७ […]
पूरा पढ्नुहोस्
वरण्डाभार वन संरक्षण क्षेत्र परिषद् मूल परिषद्को बैठक सम्पन्न
चितवन – चितवनको वरण्डाभार संरक्षण क्षेत्र परिषद् मूल परिषद्को बैठक सफलतापूर्वक सम्पन्न भएको छ। आज (बिहीवार) भरतपुर ११ स्थित नवजागृतिक सामुदायिक वन उपभोक्ता समितिको सभाहालमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बैठकमा वन संरक्षण, जैविक विविधता संरक्षण तथा स्थानीय समुदायको सहभागिता सम्बन्धी विभिन्न विषयहरूमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । […]
पूरा पढ्नुहोस्
रत्ननगरमा तेलको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु
चितवन – चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ९ निपनी चोकमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (सोमबार) दिउँसो करिब ३ः२५ बजे खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल बोकेको तेलको ट्याङ्करले भित्री सडकबाट मुख्य सडकमा निस्कँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर […]
पूरा पढ्नुहोस्चितवनमा हुरीका कारण केरामा क्षति
चितवन – हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले रु चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार दुई दिनसम्म केराखेतीमा क्षति पुगेका क्षेत्रहरुको अनुगमन गरिएको छ । सो क्रममा २० वटा फार्ममा […]
पूरा पढ्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन – गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२ ले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिएभने यो वर्ष एक लाख ६८ हजार […]
पूरा पढ्नुहोस्
चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
चितवन – चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। हिजो राति करिब १०:३० बजे मुग्लिङबाट नारायणघाटतर्फ जाँदै गरेको सेतो रङको आइचर ट्रकले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०६–००७ प ५१४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको चितवन प्रहरीले जनाएको छ। मोटरसाइकलमा पछाडि सवार चितवन माडी […]
पूरा पढ्नुहोस्
चितवनमा ताेरीको उत्पादन घट्यो
चितवन – चितवनमा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्ष प्रतिहेक्टर १.३१ मेट्रिक टन उत्पादकत्व रहेकामा यस वर्ष १.०१ मा झरेको छ । गत वर्ष जिल्लामा १८ हजार ५६५ मेट्रिक टन तोरी उत्पादन भएकामा […]
पूरा पढ्नुहोस्
