२ असार , भरतपुर ।
चितवनमा हुन लागेको रास्वपाको पहिलो महाधिवेशनको स्थल परिवर्तन हालसम्म भएको छैन ।
रत्ननगरको होटल स्टारमा हुने भनिएको महाधिवेशन सरेर चितवन उद्योग संघमा गरिने भनिएको कुरामा सत्यता नरहेको रास्वपा चितवनका सभापति इ मिनिमाधव खनालले चितवन अपडेटलाइ जानकारी दिए । अधिवेशनका लागी चितवन उद्योग संघको हल हेर्न पुगेको भएपनि हालसम्म निश्चित नभएको खनालले बताए ।
महाधिवेशन तयरीका क्रममा सात हजार बढी कुर्सी अट्ने अस्थायी प्रकृतिको सभाहल डोम बनाउने काम पनि भइरहेको र उपयुक्त स्थलको खोजी एकसाथ भइरहेको उनको भनाइ छ ।
यही असार ७ देखि ९ गतेसम्म पूर्वी–चितवनको रत्ननगरमा हुने पार्टीको तीनदिने महाधिवेशनका लागि टाँडीस्थित होटल स्टारको सभाकक्षसँगै रहेको खाली जमिनमा बाँसको ‘डोम’ बनाउने काम सुरु भएको थियो ।


प्रतिकृया दिनुहोस्