१३ आश्विन २०८३, मंगलवार

इच्छाकामना अपडेट

अपरेटरले जोखिम मोलेर हटाए तुइनखोलाको पहिरो : सडक डिभिजन

चितवन, असोज १० चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलाको पहिरो अपरेटरले जोखिम मोलेर हटाएको सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ । कार्यालयले सामाजिक सञ्जालमार्फत् जोखिम मोलेर पहिरो हटाउन सक्रिय हुने अपरेटर, सुपरभाइजर, प्राविधिक, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहित सबैप्रति आभार व्यक्त गरेको हो।

पूरा पढ्नुहोस्

तुहिनखोलाको पहिरो पन्छाइदै,सडक खुल्न समय लाग्ने

चितवन, ९ असोज । मुग्लिन–नारायणघाट सडकखण्डको तुईन खोला पुल नजिकै गएको पहिरोका कारण आवागमन पूर्णरूपमा बन्द भएको छ। हिजोको भीषण वर्षापछि राति अबेरसम्म पनि पहिरो पन्छाउन नसकिएको र आज बिहान ५:३० बजेदेखि दुईतर्फबाट पाँचवटा उपकरण परिचालन गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ। तर, स्थान अभावका कारण धेरै उपकरण एकैपटक प्रयोग गर्न नसकिएकोले अझै समय लाग्ने […]

पूरा पढ्नुहोस्

पहिरो खसेपछि नारायणघाट–मुग्लिन सडक खण्ड रातभर अवरुद्ध

चितवन, असोज ३ पहिरो खसेपछि नारायणघाट–मुग्लिन सडक खण्ड रातभर अवरुद्ध हुने भएको छ । बेलुकी साढे ६ बजेको समयमा पुन पहिरो खसी बाटो दुबै तर्फि अबरोध भएको चितवन प्रहरी प्रवक्ता रबिन्द्र खनालले बताए ।उनका अनुसार पहिरो झरी रहेको कारण आज पहिरो पन्छाउन नसकिने भएको हुनाले रातभर सडक बन्द हुनेछ । साथै उनका अनुसार पहिरोका कारण […]

पूरा पढ्नुहोस्

रातीदेखी एकतर्फी नारायणगढ मुगलिन सडक बिहान खुल्यो

असोज ३ ,चितवन  चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा गए राति सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको थियो। राति १०:५५ बजे पहिरो खसेपछि सडक बन्द भएको हो। पहिरो हटाएर राति ११:५५ बजे एकतर्फी सवारी सञ्चालन सुरु गरियो भने आज बिहान ७:१५ बजेबाट सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याइएको चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी […]

पूरा पढ्नुहोस्

मुग्लिन-नारायणगढ सडकको पुलको फलामे रेलिङ चोरी

१७ भदाै ,चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको नाम्सी पुलको फलामे रेलिङ चोरी भएको छ । आइतबार राति अज्ञात समूहले पुलको फलामे रेलिङ चोरी गरेको सडक डिभिजन भरतपुरले जनाएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनलाई पनि जानकारी गराइसकिएको सडक डिभिजनले जनाएको छ । सम्भावित दुर्घटना न्यूनीकरण गर्न पुलमा फलामको पाइपहरू वल्डिङ […]

पूरा पढ्नुहोस्

सुख्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध

भरतपुर,भदौ ७ सुख्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा चट्टानसहितको सुख्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अबरुद्ध भएको हो । सडक सुचारुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने […]

पूरा पढ्नुहोस्

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुर्ण अबरुद्ध

१ भदाै भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड सुख्खा पहिरोले पुर्ण अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोलास्थित सडकखण्डमा एका बिहान ४ः२० बजे सुख्खा पहिरो खसेर सडक अबरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालका अनुसार अहिले दुई वटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा […]

पूरा पढ्नुहोस्

इच्छाकामनामा  स्वास्थ्य चौकीमा विद्युत नहुँदा समस्या

२० असार  चितवन । चितवनको इच्छाकामना गाउँपालिका ६ मा रहेको चण्डीभञ्ज्याङ स्वास्थ्य चौकीमा बिद्युत अबरुद्द हुँदा स्वास्थ्य चौकीको सेवामा समस्या भएको छ । गत शुक्रबारबाट बिद्युत सेवा अबरुद्द हुँदा बिशेष गरी इमेर्जेन्सीका बिरामी, डेलिभरीका बिरामीको उपचारमा समस्या परेको हो । स्वास्थ्य चौकीकी एक नर्सका अनुसार स्वास्थ्य चौकी जस्तो संवेदनशिल ठाउँमा बिद्युत नहुँदा निकै समस्या परेको […]

पूरा पढ्नुहोस्

चितवनमा चट्याङ लागेर एक जना चेपाङको मृत्यु

चितवन,जेठ ८ चितवनमा चट्याङ लागेर एक जना चेपाङको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–१ क्याङसिराङमा बुधबार दिउँसो साढे ११ बजेको समयमा बाटोमा हिँडिरहेका बेला अचानक चट्याङ लागेर स्थानीय ५१ वर्षीय बिरु चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । बिरुसँगै हिँडेका उहाँका भतिज ३२ वर्षीय दिलबहादुर चेपाङ सामान्य घाइते भएको […]

पूरा पढ्नुहोस्

इच्छाकामना आधारभूत अस्पतालमा स्वास्थ्य बिमा सुरु

२६ बैशाख ,इच्छाकामाना  चितवनको इच्छाकामना गाउँपालिकाद्वारा सञ्चालित इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा स्वास्थ्य बिमाको सेवा सुरु गरिएको छ । बिहीबार वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले बिमा सेवाको शुभारम्भ गर्नुभएको हो ।सेवा सुभारम्भ गर्नुहुदैँ मन्त्री थापा मगरले बागमती प्रदेश सरकारले विपन्न, सीमान्तकृत ,अल्पसङ्याक दलितका लागि निशुल्क स्वस्थ्य बीमाको व्यवस्था गरिएको बताउनुभयो । ती समुदायका लागि बीमा […]

पूरा पढ्नुहोस्

इच्छाकामनाका १४ जना किसानलाई मौरीको घार

६ बैशाख,चितवन । इच्छाकामना गाउँपालिकाका १४ जना किसानलाई मौरीको घार वितरण गरिएको छ । चेपाङ समुदायका नमुना कृषकहरू छनौट गरि प्रतिव्यक्ति २ को दरले २८ वटा मौरीको घार तथा आधार चाका र क्विन गेट वितरण गरिएको हो । सपना भिलेज सोसियल ईम्प्याक्टका संस्थापक अध्यक्ष ध्रुव गिरिको अध्यक्षता तथा इच्छाकामना गाउँपालिका वडा नं २ का वडा […]

पूरा पढ्नुहोस्

धमाधम हुँदैछ नयाँ वर्षमा चितवनमा हुने भव्य सांगीतिक कन्सर्टको तयारी ,मन्त्र सहित अन्य कुन कुन ब्यान्डले मच्चाउँदै छ्न् धमाका?

चैत्र २०,चितवन। नयाँ वर्षको अवसरमा चितवनको नारायणी किनारमा हुने भब्य सांगीतिक कन्सर्टको यतिबेला तिब्र तयारी भईरहेको छ ।आउने नयाँ वर्षको अवसरमा हुने भव्य सांगीतिक कन्सर्टले भरतपुरस्थित नारायणी किनार गुञ्जायमान हुँदैछ । नेपाली नयाँ वर्षको स्वागत गर्दै यस वर्षको अन्तिम दिनमा हुने भव्य सांगीतिक कन्सर्टले नारायणी किनार गुन्जीन लागेको हो। कन्सर्टमा युवाहरुमाझ चर्चित पाँच ब्यान्डले बेजोड […]

पूरा पढ्नुहोस्

सकियो चितवन महोत्सव,होटल व्यवसायी भन्छन्: नखाँउ दिनभरीको सिकार,खाउँ कान्छा बाउको अनुहार

माघ १०,भरतपुर। चितवन महोत्सवमा सहभागी होटल व्यवसायीहरूले अन्यायपूर्ण व्यवस्थापनका कारण मर्कामा परेको गुनासो गरेका छन् । बुधबार नारायणी किनारमा जारी चितवन महोत्सव परिसरमै २० बढी होटल व्यवसायीहरूले पत्रकार सम्मेलन मार्फत ठूलो लगानीसहित सहभागिता जनाए पनि महोत्सवको संरचनात्मक व्यवस्थापनले  आँफुहरू आर्थिक र मानसिक मर्कामा परेको  बताएका छन् । होटल स्टलहरूलाई मुख्य गेट र चहलपहल हुने स्थानबाट […]

पूरा पढ्नुहोस्

चितवन महोत्सवमा कृषि गोष्ठी : रासायनिक विषादीको प्रयोग कम गर्नुपर्नेमा जोड

चितवन, माघ ८ चितवन महोत्सवका अवसरमा आयोजित कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्दै लैजानुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । उवासंघ चितवनको सभाहलमा ‘स्वच्छ उत्पादन, स्वस्थ खाना र युवा उद्यमशीलता विषादी रहित व्यावसायिक कृषि आजको आवश्यकता’ विषयक कृषि गोष्ठीमा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । गोष्ठीमा कृषि विज्ञहरु सुजन अमागाईं, चन्द्र प्रसाद अधिकारी र […]

पूरा पढ्नुहोस्

चितवन ट्रक दुर्घटना अपडेट:च्यापिएका दुईजनाको मृत्यु,सनाखत हुन बाँकी

९ मंसिर,भरतपुर। नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा चामल बोकेको ट्रक आफै अनियन्त्रित भएर पल्टिदा च्यापिएका  दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आइतबार साँझ ६:०५ को समयमा  नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३- ००१ ख ३४९० नम्बरको  ट्रक इच्छाकामना गाउँपालिका ६ नौकिलोमा सडक किनारमा पल्टिएको थियो । चामल बोकेको सो ट्रक […]

पूरा पढ्नुहोस्

नारायणगढ-मुग्लिन सडकखण्डमा चामल बोकेको ट्रक पल्टिँदा ४ जना गम्भीर घाइते

मंसिर ९,चितवन। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आज बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो । चामल बोकेको सो ट्रक पल्टिँदा चार जना च्यापिएर बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय […]

पूरा पढ्नुहोस्

चितवनमा ग्याँस बुलेटकाे ठक्करबाट मृत्युहुने महिलाकाे पहिचान खुल्याे

४ मंसिर , चितवन । चितवनमा  भारतीय ग्याँस बुलेटकाे ठक्करबाट मृत्यु हुने महिलाकाे सनाखत भएकाे छ । मृतक गाेरखा गण्डकी गाउँपालिका ६ बस्ने ४५ वर्षिय सिता प्रजा रहेकाे खुलेकाे हाे ।  साेमबार दिउँसाे करिब १२ बजेकाे समयमा  चितवनको ईच्छाकामना गाउँपालिका-३ फिस्लिङ स्थित पृथ्वीराजमार्गमा भारतीय ग्यास बुलेटले ठक्कर दिँदा एक महिला पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको […]

पूरा पढ्नुहोस्

चितवनमा ग्यास बुलेटको ठक्करबाट महिला पैदल यात्रीको मृत्यु

चितवन| चितवनको ईच्छाकामना गाउँपालिका-३ फिस्लिङ स्थित पृथ्वीराजमार्गमा भारतीय ग्यास बुलेटले ठक्कर दिँदा एक महिला पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ। अाज दिउँसाे  १२:२५ बजे भारतबाट बनेपा तर्फ जाँदै गरेको भारतीय ग्यास बुलेट (नम्बर: NL 01 N 0280) ले अज्ञात नाम र थर भएको ५५-६० वर्षीया महिलालाई ठक्कर दिएको हो। घटनामा महिला गम्भीर घाइते भइ घटनास्थलमानै […]

पूरा पढ्नुहोस्

चितवनमा बोलेरोले स्कुटर र मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुईजना घाइते

२२कार्तिक,भरतपुर। चितवनमा बोलेरोले स्कुटर र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। आज बिहान ११:४० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका-२४, लक्ष्मणचोकमा बोलेरो गाडी, स्कुटर, र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो भने दुईजना गम्भीर घाइते भएका छन्। प्र. ३-०१-०२४च ४९९३ नम्बरको बोलेरो गाडीले बा.प्र.०३-००१प ३६५६ नम्बरको मोटरसाइकल र प्रदेश ३-०३-००१प ८८८२ नम्बरको […]

पूरा पढ्नुहोस्

मतदातासँग सार्वजनिक सुनुवाइ गर्न रवि लामिछाने भाेली चितवन आउने

१७ असाेज ,भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ का सांसद रवि लामिछानेले भाेली चितवन आउने भएका छन् । निर्वाचन क्षेत्रका  मतदातासँग तेस्रो सार्वजनिक सुनुवाइ गर्न सभापति लामिछाने  भाेली चितवन आउन लागेका हुन् । यहि असाेज १८ गते  चितवनको इच्छाकामनाकाे  थकाली समाज भवनमा सभापति लामिछानेले मतदातासंग  सार्वजनिक सुनवाइ गर्न लागेकाे सामाजिक संजालमार्फत बताइएकाे छ […]

पूरा पढ्नुहोस्