राप्ती अपडेट
राप्तीमा सार्वजनिक बिदा
भदौ २०,राप्ती । चितवनको राप्ती नगरपालिकाले चेपाङ समुदायको न्वागी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । न्वागी पर्वको अवसरमा बागमती प्रदेश सरकारले भदौ २२ गते चितवन सहित तिन वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ भने राप्ती नगरपालिकाले भदौ २३ गते स्थानीय सार्वजनिक बिदा दिएको हो । चेपाङ समुदायले मनाउने न्वागी पर्व भदौ २२ गते हो […]
पूरा पढ्नुहोस्
राप्तीले ल्यायो ९७ करोडको बजेट
चितवनको राप्ती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएको छ ।आगामी वर्षका लागि यो नगरपालिकाले ९७ करोड ५६ लाख ५७ हजार ८ सय ४९ रुपैयाँ बराबरको अनुमानित आयव्याय सार्वजनिक गरेको हो । शुक्रबार सम्पन्न नगर सभामा उपप्रमुख देवेन्द्र लामाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । उपप्रमुख लामाले प्रस्तुत गरेको बजेट अनुसार आगामी […]
पूरा पढ्नुहोस्
राप्ती दुर्घटनाः ७ जनाकै सनाखत
चितवन, असार ८ चितवनको राप्ती नगरपालिकामा हिजो भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार मृत्यु भएका ७ जनाकै सनाखत भएको हो । आज लमजुङ जिल्ला बेसीसहर ३ घर भई हाल भरतपुर ६ चोक बजार बस्ने पूर्णकुमारी खड्काको सनाखत भएपछि ७ जनाकै सनाखत […]
पूरा पढ्नुहोस्
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो
चितवन, जेठ २७ राप्ती नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोका कारण भन्दै ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई हटाएको छ । त्यसमा चारजना चिकित्सक, एक इन्जिनियरलगायत रहेका छन् । नगरपालिकाका प्रमुख शम्शेर लामाका अनुसार प्रमुख, उपप्रमुख, एम्बुलेन्सलगायत चालकसमेत हटाउनु परेकामा रहेका छन् । नगरपालिकाले सूचना जारी गर्दै यही आजदेखि लागू हुनेगरी सबै ज्यालादारी कर्मचारीलाई कार्यालय […]
पूरा पढ्नुहोस्
दोस्रो राप्ती गोल्डकपको उपाधि मकवानपुर ११ लाई
चितवन,बैशाख १5 दोस्रो राप्ती गोल्डकपको उपाधि मकवानपुर ११ ले जितेको छ । शनिवार शशस्त्र बाहिनी नम्बर ३ मुख्यालय रंगशाला राप्ती ६ हर्दीमा सम्पन्न फाइन प्रतियोगितामा अरुणखोला युनाइटेड नवलपुरलाई पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो । सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भएको प्रतियोगिता बैशाख ४ गतेदेखि सुरु भएको थियो । प्रतियोगिताको विजयी टिम मकवानपुर ११ ले नगद […]
पूरा पढ्नुहोस्
धमाधम हुँदैछ नयाँ वर्षमा चितवनमा हुने भव्य सांगीतिक कन्सर्टको तयारी ,मन्त्र सहित अन्य कुन कुन ब्यान्डले मच्चाउँदै छ्न् धमाका?
चैत्र २०,चितवन। नयाँ वर्षको अवसरमा चितवनको नारायणी किनारमा हुने भब्य सांगीतिक कन्सर्टको यतिबेला तिब्र तयारी भईरहेको छ ।आउने नयाँ वर्षको अवसरमा हुने भव्य सांगीतिक कन्सर्टले भरतपुरस्थित नारायणी किनार गुञ्जायमान हुँदैछ । नेपाली नयाँ वर्षको स्वागत गर्दै यस वर्षको अन्तिम दिनमा हुने भव्य सांगीतिक कन्सर्टले नारायणी किनार गुन्जीन लागेको हो। कन्सर्टमा युवाहरुमाझ चर्चित पाँच ब्यान्डले बेजोड […]
पूरा पढ्नुहोस्
खाजा खर्च कटाएर शैक्षिक र खेलकुद सामग्री सहयोग
भरतपुर । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीहरुले खाजा खर्च कटाएर शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका छन् । विद्यार्थीहरुले राप्ती नगरपालिका ७ स्थित दिव्यज्योति आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका हुन् । इन्टरयाक्ट क्लब र इको क्लब अफ ग्रीनल्याण्डका विद्यार्थीहरुले २० हजार रुपैँया बराबरको कापी, कलम, फुटबल, क्रिकेट ब्याट, बल, लुडो लगायतका सामग्री […]
पूरा पढ्नुहोस्
बिजुलीको पोल बोकेको ट्याक्टरबाट लडेर चितवनमा एक जनाको मृत्यु
राप्ती, चैत ११ चितवनको राप्ती नगरपालिका–१२ कपता भञ्ज्याङमा बिजुलीको पोल बोकेको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । हिजाे सांझ ७ बजे लोथर खोलाबाट राप्ती–१२ बोक्राङतर्फ बिजुलीको पोल लिएर जाँदै गरेको ग १ त ४५८४ नम्बरको ट्याक्टरको पछाडि ढालामा पोल माथि बसेका राप्ती–१२ बोक्राङ बस्ने वर्ष ३९ को रबिन प्रजा अचानक खस्दा प्रजाकाे घटनास्थलमा […]
पूरा पढ्नुहोस्
सकियो चितवन महोत्सव,होटल व्यवसायी भन्छन्: नखाँउ दिनभरीको सिकार,खाउँ कान्छा बाउको अनुहार
माघ १०,भरतपुर। चितवन महोत्सवमा सहभागी होटल व्यवसायीहरूले अन्यायपूर्ण व्यवस्थापनका कारण मर्कामा परेको गुनासो गरेका छन् । बुधबार नारायणी किनारमा जारी चितवन महोत्सव परिसरमै २० बढी होटल व्यवसायीहरूले पत्रकार सम्मेलन मार्फत ठूलो लगानीसहित सहभागिता जनाए पनि महोत्सवको संरचनात्मक व्यवस्थापनले आँफुहरू आर्थिक र मानसिक मर्कामा परेको बताएका छन् । होटल स्टलहरूलाई मुख्य गेट र चहलपहल हुने स्थानबाट […]
पूरा पढ्नुहोस्राप्तीमा मोटरसाइकल आफैं अनियन्त्रित हुँदा चालक गम्भीर घाइते
२८ कार्तिक,भरतपुर। चितवनमा मोटरसाइकल अनियन्त्रित हुँदा एकजना गम्भीर घाइते भएका छन्।चितवनको राप्ती नगरपालिका ९ स्थित ब्रहमानगरमा आज बिहान करिब साढे ९ बजेको समयमा एक मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो। ब्रहमानगर स्थित अमृतपानिबाट खुरखुरे जोड्ने भित्री सडकखण्डमा अमृतपानिबाट खुर्खुरे तर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२५ प ९८९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको […]
पूरा पढ्नुहोस्
चितवनमा बाढी पहिराे अपडेट : अहिलेसम्म कहाँ कहाँ पस्याे बाढी ? चितवन प्रशासन के गर्दैछ ?
१३ असाेज, भरतपुर । गत बिहिबार राति देखि परेको अबिरल बर्षाको कारण चितवनमा हालसम्म १५० बढी घर डुबानमा परेका छन् । चितवन प्रशासनका अनुसार नारायणी नदी र माडीको रिउ खोलामा आएको बाढीले १ सय ५० भन्दा बढी घर एवम् विभिन्न संघसंस्थाहरू डुबान परेकाे हाे । चितवनकाे ईच्छाकामना ४ घोप्टेभिर, इच्छाकामना ३ स्थित मौवाखोला, दतिखोला, पानिधारा, […]
पूरा पढ्नुहोस्
घरमा आधारित शिक्षाकाे सान्दर्भिकता
एउटा भनिँदै आएको उखान छ – ‘मान्छेको पहिलो विद्यालय घर हो ।’ तर साक्षरता दरको आँकडामा मक्ख पर्दै बसिरहेको हाम्रोजस्तो विकाशोन्मुख देशमा के साँच्चै घर नै बालबालिकाको प्राथमिक पाठशाला बन्न सक्ला त ? परम्परा र सांस्कृतिक अन्धविश्वासमा जकडिएको हाम्रो समाजमा शिक्षासम्बन्धी बुझाई नै एकतर्फी छ जुन बुझाइले धैरै सम्भावनाहरुलाई पाखा लगाउँदै शिक्षालाई नैसर्गिक अधिकार नभै […]
पूरा पढ्नुहोस्
यस कारण चितवनका पत्रकारलाइ सुचना पाउनै सकस
चितवन, साउन १३ चितवनका पत्रकारहरूलाइ सरकारी निकायबाट सुचना पाउनै सकस हुने गरेकाे छ । जिल्लास्थित विभिन्न सरकारी कार्यालय र स्थानीय तहका सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित भएपछि सूचना अधिकारीहरूले आफूहरू नै सूचनाको पहुँचभन्दा बाहिर रहनुपरेको बताउँदा पत्रकारहरूले सहज तरिकाले सुचना नपाएका हुन्। जिल्ला प्रशासन कार्यालयमा आयोजित सूचना अधिकारीहरूको बैठकमा सहभागी भरतपुर महानगरपालिकाका सूचना अधिकारी मेनुका […]
पूरा पढ्नुहोस्
शान्ति सुव्यवस्था कायम गराउन आँफू सधैं प्रतिबद्ध:प्रमुख जिल्ला अधिकारी यादव
चितवन, जेष्ठ २४ चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले चितवनको शान्ति सुव्यवस्था कायम गराउन आँफू सधैं प्रतिबद्ध रहेको बताउनुभएको छ । जिल्लास्थित पत्रकारहरुबीच भएको परिचयात्मक एवं छलफल कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यादवले यस्तो बताउनुभएको हो । स्थानीय निकायमा भइरहेका गतिविधिको नियमन नहुँदा खोलानालाहरुमा अबैध रूपमा भएका दोहन, कृषिमा जथाभावी अनुदान, सहकारी पीडित र आत्महत्या […]
पूरा पढ्नुहोस्
पालिकामा बन डढेलाे सचेतनामा कर्मी चौतारी समुहको नाटक प्रभावकारी बन्दै
५ चैत्र,चितवन कर्मी चौतारी समुहले आज कालिका नगरपालिकाको शक्तिखोर बहुदल बजार क्षेत्रमा विभिन्न सामुदायिक वन समितिका सदस्यहरू तथा स्थानीय समुदायको उपस्थितिमा सडक नाटक धनको दोहन मञ्चन गरेको छ । कालिका सव डिभिजन वन कार्यालयका प्रमुख तथा वन अधिकृत मुनि अन्सारीको मुख्य उपस्थितिमा सचेतना कार्यक्रम गरिएको हो। बनमा डढेलाे नियन्त्रण सप्ताह अन्तर्गत दिउँसो रत्ननगर नगरपालिकाको कृष्णमन्दिर […]
पूरा पढ्नुहोस्
चितवनमा वन डढेलो व्यवस्थापन सचेतना सप्ताहमा कर्मीचाैतारीकाे सडक नाटक: ‘धनको दोहन’
५ चैत्र , भरतपुर डिभिजन वन कार्यलय चितवनले जिल्लाका विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरुको आयोजना गरि चैत्र १ गते देखि ७ गतेसम्म वन डढेलो व्यवस्थापन सचेतना सप्ताह २०८० मनाइरहेकाे छ । चैत्र १ गते भरतपुर ११ भोजाड चोक देखि भरतपुर २ आँपटारी चोकसम्म सचेतनामुलक र्याली, माईकिङ्ग तथा ब्रसर वितरण गरी सुरु भएको सचेतना कार्यक्रम चैत्र २ […]
पूरा पढ्नुहोस्
रोकिराखेको ट्रक सँग बस ठोकिँदा चितवनमा २० जना घाईते
२७ माघ,भरतपुर ।चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले […]
पूरा पढ्नुहोस्
चितवनमा चरा गणना सुरु
चितवन, पुस २२ चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसराका क्षेत्रबाट चरा गणना सुरु गरेको हो । पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने छ । माघ ७ गतेभित्र चरा गणना सकिने वर्ड एजुकेसन सोसाइटी चितवनले जानकारी दिएको छ । सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम […]
पूरा पढ्नुहोस्
एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प-३ :५५ वक्ता तेस्राे चरणमा
१८ पुस ,चितवन – एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प-३ को तेस्रो संस्करणको नतिजा सार्बजनिक गरिएको छ । बिमोचन इभेन्टसको अफिसियल फेसबुक मार्फत तेस्राे चरणको नतिजा सार्बजनिक गरिएको हो । च्याम्पकाे दाेस्राे चरणबाट ५५ बक्ता तेस्राे राउन्डमा प्रबेश गरेका छ्न । बिमोचन इभेन्टसका प्रबन्ध निर्देशक बिमोचन आचार्यका अनुसार दुइजना वक्ताले गाेल्डेन कार्ड पाएका छन् भने दुइजना वाइल्ड […]
पूरा पढ्नुहोस्
चितवनमा मानव कंकाल फेला
चितवन, ६ पुस । चितवनको एक मानव कंकाल फेला परेको छ । प्रहरीका अनुसार राप्ती नगरपालिका–१२ स्थित खोल्सोमा एक मानव कंकाल फेला परेको हो । उक्त कंकाल स्थानीय ८३ वर्षीय जंगे तामाङको भएको भनी आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । तामाङ गत २६ वैशाखदेखि सम्पर्कविहीन भएका थिए । तर, बिहीबार जंगलमा घाँस काट्न गएका […]
पूरा पढ्नुहोस्
