१८ पुस ,चितवन – एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प-३ को तेस्रो संस्करणको नतिजा सार्बजनिक गरिएको छ । बिमोचन इभेन्टसको अफिसियल फेसबुक मार्फत तेस्राे चरणको नतिजा सार्बजनिक गरिएको हो ।
च्याम्पकाे दाेस्राे चरणबाट ५५ बक्ता तेस्राे राउन्डमा प्रबेश गरेका छ्न । बिमोचन इभेन्टसका प्रबन्ध निर्देशक बिमोचन आचार्यका अनुसार दुइजना वक्ताले गाेल्डेन कार्ड पाएका छन् भने दुइजना वाइल्ड कार्ड मार्फत तेस्राे राउन्डमा प्रवेश गरे । एस अाे एस कि अलका पान्डे र स्काइ राइडरकि स्वीकृति अाचार्य तेस्राे राउन्डमा प्रवेश गरेकाे आचार्यले जानकारी दिए । यस्तै लिटिल फल्ावर स्कुलकि सेलेस्टा अाचार्य र विपस्वी कुवँर सिधै क्वाटर फाइनलमा प्रवेश गरेका छन्।

करिब ३ महिना सम्म चल्ने प्रतियोगितामा पहिलो हुने विजेताले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ सहित मेडल ,ट्रफी , प्रमाण पत्र र छात्रवृत्ति पाउनेछन् ।प्रतियोगिताको निर्णायकमा अजिता अधिकारी र प्रवेश अधिकारी रहनुभएको छ ।प्रतियोगिताको फाइनल माघ २६ मा हुनेछ ।

पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी पहिलो, वाल्मीकि शिक्षा सदनकी साधना पौडेल दोस्रो र न्यू क्यापिटल कलेजकी ज्योति शर्मा तेस्रो भएका थिए । यस्तै दोस्रो संस्करणमा अरोमा कलेजका सौगात आचार्य पहिलो, एकता शिशु निकेतनका आशिष बन्जारा दोस्रो र स्काइराइडर स्कुलकी आयुश्मा पोखरेल तेस्रो भएका थिए ।


प्रतिकृया दिनुहोस्