१३ आश्विन २०८३, मंगलवार

रत्ननगर अपडेट

सकियो रत्ननगर महोत्सवः २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन

रत्ननगर,माघ ८ । रत्ननगर महोत्सवको १३औं संस्करण बुधवार सम्पन्न भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव पौष २५ गतेबाट सुरु भएको थियो । १३ दिन सञ्चालन भएको उक्त महोत्सव ४ लाख ५० हजारले अबलोकन गरेको र २६ करोडको कारोबार भएको संघका कोषाध्यक्ष विनोद घिमिरेले जानकारी दिए । […]

पूरा पढ्नुहोस्

आज सकिदैँ रत्ननगर महोत्सव

७ माघ ,भरतपुर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सव आज सकिदैँ छ । महोत्सवको समय एक दिन थप गरिएको थियो । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ सुरु भएर माघ ६ गते समापन गर्ने गरी महोत्सव सुरु भएको थियो । महोत्सवप्रति जनआर्कषण बढेपछि माघ ७ गते एक दिनका लागि महोत्सव थप […]

पूरा पढ्नुहोस्

चितवनमा आफ्नै खाटमा हात र खुट्टा बाँधिएको अवस्थामा एक वृद्द मृत भेटिइन्

२६ पुस ,चितवन । चितवनमा एक वृद्द मृत अवस्थामा भेटिएकि छिन्  । रत्ननगर नगरपालिका–४ मा बस्ने करिब  ६८  वर्षिया सुकमाया देवी आफ्नै खाटमा हात र खुट्टा बाँधिएको अवस्थामा मृत भेटिएकि हुन् । शनिबार बिहान पौने ११ बजेसम्म पनि उनी बाहिर ननिस्किएपछि छिमेकीहरू घरभित्र पसेका थिए। घरभित्रको अवस्था अस्तव्यस्त थियो। सुतिरहेकै खाटमा बाँधिएको अवस्थामा शव फेला परेपछि […]

पूरा पढ्नुहोस्

गितारकाे धुनले लियाे किशाेरीकाे ज्यान

चितवन, मंसिर १८ सौराहाको एक होटेलमा छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ। गए राती करिब ११ः१० बजेको समयमा होटल पार्क साइटमा चारतले माथिबाट खसेकी सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले बताए । उनका अनुसार घुम्न भनी सौराहा आएकी पाख्रिनले तल्लो […]

पूरा पढ्नुहोस्

लुटपाट र चोरी रोक्न स्थानियको गस्ती

चितवन, असोज ३ देशभर जेन-जी आन्दोलनपछि लुटपाट र चोरीका घटना दिनानुदिन बढ्न थालेपछि रत्ननगर-१५ स्थित छहारी टोलका स्थानीयहरुले रातभर गस्ती गर्न शुरु गरेका छन।कहालिलाग्दो आन्दोलनलगतै मुलुकभरको परिस्थिति विषम बनेको भन्दै सो टोलले रातभर गस्ती गर्ने निर्णय गरेको हो । निर्णय सँगै सो टोलले गत आईतबार देखि सुरक्षा दिदै आएको छ।देशभरका सुरक्षाकर्मीको गिर्दो मनोवल र तत्काल […]

पूरा पढ्नुहोस्

चेपाङका बा शर्मा सम्मानित

चितवन,भदौ २१ चेपाङ अभियन्ता केपि किरण शर्मा सम्मानित हुनुभएको छ ।गामबेँसीको चेपाङ संरक्षण केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका शर्माले आश्रममा करिब एकसय पचास जना बालबालिकालाई आवासिय रुपमा राखेर शिक्षा प्रदान गरिरहनुभएको छ । सामाजिक कार्यमा समर्पित शर्मालाई काठमाडौंको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले आज भव्य कार्यक्रमको आयोजना गरी सम्मान गर्‍यो ।कार्यक्रमका प्रमुख अतिथि पूर्व राजदूत […]

पूरा पढ्नुहोस्

पूर्वी चितवनको रत्ननगरकाे जनकौली वनमा जीप सफारी सुरू

रत्ननगर  पूर्वी चितवनको रत्ननगर वडा नं ५ काे जनकौली मध्यवर्ती सामुदायिक वनमा  जीप सफारी सुरू भएकाे छ । बुधबार वनको कार्यालय परिसरमा बागमती प्रदेशका पूर्वअर्थमन्त्री जगन्नाथ थपलियाले जीप सफारीको उद्घाटन गरे । जीप सफारी सुरु भएकै दिन बागमती प्रदेशका कृषिमन्त्री मधुसुधन पौडेलले जीप सफारी मार्फत सो सामुदायिक वनको अबलोकन गरे । उद्घाटन कार्यक्रममा बागमती प्रदेशका […]

पूरा पढ्नुहोस्

चितवनमा मध्यरातमा कारलाई स्कार्पियोले ठक्कर दियाे ,चालक फरार

३१ साउन रत्ननगर । चितवनमा मध्यरातमा कारलाई स्कार्पियोले ठक्कर दिँदा दुर्घटना भएकाे छ । हिजाे  करिब ०३:३० बजेको समयमा जिल्ला चितवन रत्ननगर न.पा. १६ पारिजात चोकमा सौराहाबाट पिठुवा तर्फ जादै गरेको बा १७ च ३२८ नं. को कारलाई सोहि दिशाबाट जादै गरेको बा १३ च ७८९२ नं. को स्कारपियोले पछाडीबाट ठक्कर दिएकाे हाे । स्कारपियोमा […]

पूरा पढ्नुहोस्

बकुलहर अस्पतालमा रेबिजविरुद्ध खोप सेवा शुरु

१३ साउन ,रत्ननगर । चितवनकाे बकुलहर रत्ननगर प्रादेशिक अस्पतालमा रेबिज रोगविरुद्ध खोप सेवा शुरु भएको छ । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलहाद सापकोटाले रेबिजविरुद्धको भ्याक्सिन अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्य, मेसु डा. मदन ज्ञवाली र जनस्वास्थ्य शाखा प्रमुख नारायण ढुङ्गानालाई स‌युक्त रुपमा हस्तान्तरण गरेर सेवा शुरु गरे । अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्यले सिटी स्क्यानको अभाव रहेको बताउँदै […]

पूरा पढ्नुहोस्

चितवनमा पत्रकारलाई चक्रीय अर्थतन्त्र, जलवायु परिवर्तन र दिगोपनाबारे अभिमुखीकरण

१० साउन, २०८२, चितवन । चक्रीय अर्थतन्त्र, जलवायु परिवर्तन र दिगोपनाका विषयमा दुईदिने पत्रकार अभिमुखीकरण प्रशिक्षण शनिबार चितवनको पर्यटकियस्थल सौराहामा सम्पन्न भएको छ । वाइल्ड लाईफ कन्जर्भेसन नेपालले इमप्याक्ट हब काठमाडौं र इमप्याक्ट हब एसोसियसनको सहकार्यमा तथा वन तथा वातावरण मन्त्रालयको सहयोगमा साउन ९ र १० गते आयोजना गरेको उक्त कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट […]

पूरा पढ्नुहोस्

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा ‘स्वर्णविन्दु प्राशन’ शुरु

१० साउन ,रत्ननगर । रत्ननगर–१, बकुलहरमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा एक समारोहबीच स्वर्णविन्दु प्राशन कार्यक्रमको शुभारम्भ गरिएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयका स्वास्थ्यमन्त्री कृष्ण थापामगरले बालबालिकालाई स्वर्णविन्दु खुवाएर सो कार्यक्रमको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै स्वास्थ्यमन्त्री कृष्ण थापामगरले प्रादेशिक अस्पतालको रुपमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तर वृद्धि र भौतिक पूर्वाधारसहित […]

पूरा पढ्नुहोस्

८७ बंगुर मरेर १८ लाख गुम्यो, बिमाले भुक्तानी दिएन

८ साउन ,रत्ननगर खैरहनी नगरपालिका वडा नं. ४ चैनपुरमा गौशाला एकीकृत कृषि तथा पशु फार्म सञ्चालन गर्दै आएका पशुपालक किसान पदम गिरीले बिमा कम्पनिले मरेका बंगुरको बिमा भुक्तानी नदिएको भन्दै पीडा व्यक्त गरेका छन्। रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा गिरीले युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आफूलाई नियतवश ठगेको आरोप लगाएका छन्। गिरीले आफ्नो फार्ममा रहेका २० वटा […]

पूरा पढ्नुहोस्

माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

रत्ननगर,असार २० चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा रत्ननगर नगरपालिका-८ चित्रसारी निवासी २७ वर्षीय अविशेक माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार बिहीबार राति ९ बजेतिर माझी अर्का साथी राजकुमारसँगै माछा मार्न राप्तीमा […]

पूरा पढ्नुहोस्

माधवपुर गोल्डकपकाे उपाधिका लागि शनिबार अभिषेक र एपीएफबीच प्रतिस्पर्धा

रत्ननगर, जेठ १६ । माधवपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा न्यू पञ्चदिप युवा क्लबलाई १-० ले हराउँदै सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा प्रवेश गरेको छ। माधवपुर खेलमैदानमा भएको खेलमा एपीएफका सविन गुरुङले पहिलो हाफको १७औँ मिनेटमा डी बक्स नजिकैबाट प्रहार गरेको गोल निर्णायक बन्यो। न्यू पञ्चदिपले पटकपटक आक्रमण गरे पनि गोल गर्न नसक्दा हार बेहोर्नुपर्‍यो। […]

पूरा पढ्नुहोस्

रत्ननगर नगरपालिकाले गणतन्त्र दिवस भव्य रूपमा मनाउने

रत्ननगर,जेठ १५ । रत्ननगर नगरपालिकाले गणतन्त्र दिवस २०८२ लाई विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ। नेपाल सरकार, गृह मन्त्रालयको परिपत्रअनुसार जेठ १४, १५ र १६ गते तीन दिनसम्म आयोजना हुने गणतन्त्र दिवस समारोहलाई रत्ननगर नगरपालिकाले उत्साहपूर्ण रूपमा मनाउने तयारी गरेको छ। नगरपालिकाका कार्यवाहक मेयर यादव प्रसाद पाठकले नगरपालिकाको कार्यालय, वडा कार्यालय, सार्वजनिक स्थल, र […]

पूरा पढ्नुहोस्

दोस्रो माधवपुर गोल्डकपको सेमिफाइनल समीकरण पूरा

१४ जेठ रत्ननगर। रत्ननगरको माधवपुरमा जारी दोस्रो माधवपुर गोल्डकप २०८२ को सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार भएको खेलमा न्यु पञ्चदिप युवा क्लब सालघारीले प्याराडाइज फुटबल क्लब सिसुवारलाई ट्राइब्रेकरमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। माधवपुर खेलमैदानमा भएको चौथो क्वार्टरफाइनल खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा […]

पूरा पढ्नुहोस्

३३ केभी अण्डरग्राउण्ड तारमा समस्या आएपछि पूर्वी चितवनको विभिन्न स्थानमा विद्युत अवरुद्ध

चितवन । ३३ केभी अण्डरग्राउण्ड तारमा समस्या आएपछि पूर्वी चितवनको विभिन्न स्थानमा विद्युत अवरुद्ध भएकाे छ । कालिका नगरपालिका र रत्ननगर नगरपालिकाका अधिकांश स्थानहरू तथा इच्छाकामना गाउँपालिका र खैरहनी नगरपालिकाका केही स्थानहरूमा गएरातिदेखि विद्युत प्रवाह अवरुद्ध भएकाे हाे । भरतपुर-पर्सा ३३ केभी प्रसारण लाइन खण्डको भरतपुर सबस्टेसनदेखि गाेन्द्राङसम्मकाे ३३ केभी अन्डरग्राउन्ड केबलमा Fault देखिएका कारण […]

पूरा पढ्नुहोस्

फेरी सुरु भयाे घुमौँ सौराहा’ अभियान

रत्नगर, वैशाख २६ चितवनको सौराहाका व्यवसायीले घुमौँ सौराहा अभियानलाई निरन्तरता दिएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि व्यवसायीले बिहिबारदेखि पश्चिम नेपाल केन्द्रित अभियानलाई निरन्तरता दिएका हुन् ।चार वर्षअघि पूर्वीनेपालबाट सुरु भएको अभियान केही समयका लागि स्थगित भएको थियो । हाल स्थानीय सरकारसँगको समन्वयमा निरन्तरता दिइएको क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले जानकारी दिनुभयो । […]

पूरा पढ्नुहोस्

रत्ननगरमा ‘टोल टोलमा घटना दर्ता सचेतना कार्यक्रम’ सुरु

रत्ननगर, बैशाख २६ । रत्ननगर नगरपालिकाले सतप्रतिशत घटना दर्ता अभियानलाई प्रभावकारी बनाउन विपन्न तथा सिमान्तकृत समुदायलाई लक्षित गरी ‘टोल टोलमा घटना दर्ता सचेतना कार्यक्रम’ बिहीबारबाट सुरु गरेको छ। अभियानको सुरुवात वडा नम्बर १४ मा रहेका दक्षिणकाली, मिलिजुली र अभियान टोलविकास संस्थाहरूको विपन्न बस्तीबाट गरिएको छ। नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख राम प्रसाद बस्ताकोटीका […]

पूरा पढ्नुहोस्

चितवनको सौराहामा रत्न बिज समिट आज र भोली

 रत्ननगर,बैशाख १२  चितवनको सौराहामा आजदेखि रत्न बिज समिट (शिखर सम्मेलन) सुरु हुने भएको छ। जेसिआइ रत्ननगरको आयोजनामा आज र भोली सौराहाको रोयल टाइगर लक्सरी रिसोर्टमा दोस्रो संस्करणको सम्मेलन आयोजना हुन लागेको हो । जेसिआइ रत्ननगरले युवाहरुलाई व्यवसायमा आकर्षित गर्नका लागि उत्प्रेरणात्मक सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनमा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, पूर्व अर्थ […]

पूरा पढ्नुहोस्