१० साउन ,रत्ननगर ।
रत्ननगर–१, बकुलहरमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा एक समारोहबीच स्वर्णविन्दु प्राशन कार्यक्रमको शुभारम्भ गरिएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयका स्वास्थ्यमन्त्री कृष्ण थापामगरले बालबालिकालाई स्वर्णविन्दु खुवाएर सो कार्यक्रमको उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै स्वास्थ्यमन्त्री कृष्ण थापामगरले प्रादेशिक अस्पतालको रुपमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तर वृद्धि र भौतिक पूर्वाधारसहित २५ बेड क्षमताको अस्पतालका रुपमा सेवा सुरू भएको र अस्पतालमा थप प्रविधि र कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयले कुनै सम्झौता नगर्ने बताए ।
आयुर्वेदका १३ प्रकारका औषधिमध्ये १० प्रकारका औषधि सो चिकित्सालयअन्तर्गतको औषधि उत्पादन केन्द्रबाट उत्पादन हुँदै आएको र केही महिनापछि थप नौ प्रकारका औषधि उत्पादन गर्ने योजना रहेको उनले सुनाए । उनले बागमती प्रदेशका १३ जिल्लालाई पुग्ने औषधि यसै केन्द्रबाट उत्पादन गर्न सकिने बताए ।
स्वर्णविन्दु प्राशन बच्चाहरुको वृद्धि विकास, मानसिक विकास र रोग प्रतिरोधी क्षमता बढाउनका लागि मह¤वपूर्ण रहेको जानकारी दिँदै यस चिकित्सालयबाट हरेक महिना ९ गते ५०० बालबालिकालाई स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुने उनले बताए ।


प्रतिकृया दिनुहोस्