चितवन, पुस २२
चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसराका क्षेत्रबाट चरा गणना सुरु गरेको हो । पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने छ ।
माघ ७ गतेभित्र चरा गणना सकिने वर्ड एजुकेसन सोसाइटी चितवनले जानकारी दिएको छ । सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार गणनाका लागि विभिन्न समूह निर्माण गरी काम अघि बढाइएको छ । बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकर्डरको प्रयोग गरी चरा गणना गरिने छ ।


प्रतिकृया दिनुहोस्