५ चैत्र , भरतपुर
डिभिजन वन कार्यलय चितवनले जिल्लाका विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरुको आयोजना गरि चैत्र १ गते देखि ७ गतेसम्म वन डढेलो व्यवस्थापन सचेतना सप्ताह २०८० मनाइरहेकाे छ ।

चैत्र १ गते भरतपुर ११ भोजाड चोक देखि भरतपुर २ आँपटारी चोकसम्म सचेतनामुलक र्याली, माईकिङ्ग तथा ब्रसर वितरण गरी सुरु भएको सचेतना कार्यक्रम चैत्र २ र ३ गते पनि जिल्लाका विभिन्न स्थानहरुमा वन डढेलो सम्वन्धी सचेतनामुलक माईकिङ्ग तथा ब्रसर वितरण गरी मनाईएको जिल्लाका वन अधिकृत देवी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

चैत्र ४ गते डिभिजन वन कार्यालय चितवनले बेटर चितवन तथा कर्मी चौतारी नाट्य समुह सँगको सहकार्यमा भरतपुर १ रामनगरको सतञ्चुली सामुदायिक वनमा सडक नाटक ‘धनको दोहन’ प्रस्तुत गरेको थियाे । डिभिजनल वन अधिकृत थिर बहादुर कार्कीका अनुसार युवा कलाकारहरुले पहिला आँफू स्वयम सचेत भएर अन्य उपभोक्ताहरुलाई पनि विषयबारे सचेत गराउने भएकाले नाटक मन्चन प्रभावकारी भइरहेकाे बताउनुभयो । नाटकका माध्यमबाट वन डढेलो र यसले निम्त्याउने विभिन्न समस्या र क्षतीहरुको विषयमा उपभोक्तहरुलाई मनोरञ्जन साथै सकरात्मक सन्देश प्रदान गरिएको सतञ्चुली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चुडामणी गुरुङ्गले वताउनु भयो ।

चैत्र ४ गते नै कालीका नगरपालिका १ गढुवा चोकमा पनि सोही नाटक प्रस्तुत गरिएको थियो । स्थानिय उपभोक्ताहरुको उत्साहजनक सहभागितामा सम्पन्न उक्त नाटक प्रभावकारी भएको चर्तुमुखि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिकुमार गुरुङ्गले जानकारी दिनुभयो । यस्तै भिमावती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयचन्द्र प्रसाद चौधरीले नाटकमा दिन खोजिएको सन्देश पहिलेनै मानिसलाइ थाहा भएपनि मानिसकाे सामान्य लापरवाहीले ठुलो दुर्घटना निम्त्याउन सक्ने विषयलाई नाटकमार्फत प्रस्तुत गर्दा थप प्रभावकारी बनेकाे बताउनुभयो ।

बेटर चितवनका संस्थापक संयोजक ई. सागर कार्कीको अवधारणामा तयार भएको उक्त नाटक प्रदिप ढुङ्गनाले लेखन तथा निर्देशन गर्नुभएको हो । कलाकारहरु किरण ढकाल, सुनील ढुङ्गाना, देव श्रेष्ठ, निशु परियार, प्रवेश प्याकुरेल, समता अर्याल र आस्मा राईले नाटकमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको छ ।साेमबार शक्तिखोरको बहुदल चोक, रत्ननगरको भानु चोक, र पर्सा बजारमा नाटक प्रस्तुत गरिने निर्देशक ढुङ्गनाले जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्