५ चैत्र,चितवन
कर्मी चौतारी समुहले आज कालिका नगरपालिकाको शक्तिखोर बहुदल बजार क्षेत्रमा विभिन्न सामुदायिक वन समितिका सदस्यहरू तथा स्थानीय समुदायको उपस्थितिमा सडक नाटक धनको दोहन मञ्चन गरेको छ । कालिका सव डिभिजन वन कार्यालयका प्रमुख तथा वन अधिकृत मुनि अन्सारीको मुख्य उपस्थितिमा सचेतना कार्यक्रम गरिएको हो। बनमा डढेलाे नियन्त्रण सप्ताह अन्तर्गत
दिउँसो रत्ननगर नगरपालिकाको कृष्णमन्दिर चोकमा सोही नाटक प्रस्तुत गरिएको थियो । वन डढेलो सम्बन्धी सचेतना फैलाउन नाटक निकै प्रभावकारी रहेको र विद्यार्थीहरुलाई समेत नाटक देखाउनु पर्ने सरोकारवालाले बताएका छ्न । साँझ भने कलाकारहरुले राप्ती नगरपालिकाको भण्डारा बजारमा नाटक प्रस्तुत गरेका थिए । राप्ती सव डिभिजन वन कार्यालय क्षेत्र भित्रका वन उपभोक्ता समितिका प्रतिनिधि तथा भण्डाराका स्थानीयहरुलाई नाटक प्रस्तुत गरिएको थियो । बफरजोन क्षेत्रका उपभोक्ताहरूले नाटकबाट लाभ लिएको र वन डढेलो बारे व्यवहारिक सचेतना समेत प्रदान गरेको सव डिभिजन वन कार्यालय राप्तीका प्रमुख तथा वन अधिकृत अन्जनी अधिकारीले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय चितवनले चैत्र १ देखि ७ गतेसम्म वन डढेलो सम्बन्धी विविध सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।


प्रतिकृया दिनुहोस्