काठमाडौं, ७ पुस । बर्दियामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ। आज बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरियामा सोही ठाउँमा बस्ने अन्दाजी १० वर्षका सुमित थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।
बबई नदीमा नुहाउन गएका उनलाई जीरा सामुदायिक वन नजिक पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो। उपचारका लागि आरसी थारू मेमेरियल अस्पताल लगिएकोमा उनलाई केहि समयपछि चिकित्सकले मृत घोषणा गरेका थिए।


प्रतिकृया दिनुहोस्