१६ कार्तिक भरतपुर ।
चितवनस्थित भरतपुर महानगरपालिकाले नीजि विद्यालयको शुल्क वृद्धि हाललाई स्थगित गरेको छ।
आज बसेको कार्यपालिका बैठकले सरोकारवाला बीच बृहत छलफलका लागि नगर शिक्षा समितिलाई पुनः जिम्मेवारी प्रदान गरेको कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए। उनले कक्षा ११ र १२ मा समेत लागू हुने गरेर शुल्क वृद्धि विवादलाई टुंगोमा पुर्याउने जिकिर गरे।
करिब ९८ प्रतिशत नगरकार्यपालिका सदस्यको उपस्थितिले हाललाई निजी विद्यालयको शुल्क वृद्धिको अनुमतिलाई स्थगित गरेको छ । यस अघि महानगरले नीजि स्कुलको ३०५ सम्म शुल्क वृद्धि को अनुमति दिएसँगै चौतर्फी विरोध भएको थियो। विद्यार्थी संगठनदेखि अभिभावकसहित आम सरोकारवालाले यसको विरोध गरेका थिए। शुल्क वृद्धि गर्नका लागि महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलको सिफारिसलाई गत असोज २ गतेको १२५ औ कार्यपालिका बैठकले शुल्क वृद्धि लागू गर्न दिने निर्णय गरेको थियो। यसअघि भने गत २०७९ सालको असोज २ मा निजी विद्यालयको शुल्क बढाइएको थियो ।हाल बढाइएको शुल्क महानगरभित्र रहेका ग वर्ग का संस्थागत विद्यालयमा लागू हुने भनिएको थियो।
तत्कालका लागि शुल्क वृद्धि फिर्ता होइन हाललाई स्थगित गरिएको महानगरले जनाएको छ।


प्रतिकृया दिनुहोस्