७ फागुन,माडी ।
रक्त क्यान्सर पिडीत माडीका सञ्चारकर्मी, कलाकार एवं शिक्षक भुपराज पाठकको अन्येष्टि गरिएकाे छ ।उहाँकाे आज दिउसाे माडीकाे मगाेइ नदिमा अन्त्येष्टि गरिएकाे हाे । उहाँकाे पार्थिव शरिरलाई पत्रकार महासंघकाे लाेगाे अंकित झण्डा ओडाइ पत्रकारितामा पाठककाे याेगदानकाे स्मरण समेत गरिएकाे थियाे ।
उहाँकाे अन्तिम बिदाइमा बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकाल, माडी नगरपालिकाकाे नगर प्रमुख ताराकुमारी काजी महताे, नगर उप-प्रमुख खेम प्रसाद महताे, वडाध्यक्षहरू, पत्रकार, शिक्षक, आफन्तजन लगायत विभिन्न व्यक्तित्वहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
यसैबिच, दिवंगत पाठककाे दुःखद निधनप्रति शोक व्यक्त गर्दै माडी नगरपालिका भित्रका सबै शैक्षिक संस्थाहरुमा भोलि विहीबार सार्वजनिक विदा दिइएको छ ।
दिवाकर स्मृति माध्यामिक विद्यालयका शिक्षक भुपराज पाठकको आज विहान भएको दुःखद निधनप्रति शोक व्यक्त गर्दै भोलि विहीबार एक दिन शोक विदा दिइएको माडी नगरपालिकाको आधिकारीक फेसबुक पेज हेल्लो माडी नगरपालिका मार्फत सूचना जारी भएको हो ।
कलाकार एवं शिक्षक पाठककाे भरतपुरकाे विपि काेइराला मेमाेरियल क्यान्सर अस्पतालमा उपचाररत अवस्थामा आज (फागुन ७) गते विहान निधन भएकाे हाे ।


प्रतिकृया दिनुहोस्