८ कात्तिक, पोखरा ।
सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थप गरिएकाे छ ।
कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छवि जोशी र लिला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।
पार्टी सभापति एवम् पुर्व गृह मन्त्री लामिछानेकाे पक्राउकाे विराेधमा उनकाे निर्वाचन जिल्लासंगै पाेखरामा पार्टी कार्यकर्ताहरूले विराेध प्रदर्शन गरिहेका छन् ।
पोखराकाे सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी नियन्त्रणमा छन् ।


प्रतिकृया दिनुहोस्