चितवन, कार्तिक २२ –
चितवनको रत्ननगर नगरपालिका-४, देबउली स्थित भित्री सडकखण्डमा सौराहाबाट चित्रसारीतर्फ आउँदै गरेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएका छन्। आज बिहान ७:३० बजे को समयमा बा.प्र.०६-००२प.२०४० नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा रत्ननगर नगरपालिका-१ निवासी २४ वर्षीय साहिल गौतम घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ र अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाएको छ। घाइते गौतमलाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पठाइएको प्रहरीको भनाइ छ। दुर्घटनापछि स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिकृया दिनुहोस्