२६ कार्तिक ,भरतपुर।
बाग्लुङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका ८ छिस्तीबाट सदरमुकाम बाग्लुङतर्फ जाँदै गरेको यात्रुवाहक बोलेरो जीप जैमिनी ७ ढुङ्गे खानी भीरमा आइपुग्दा दुर्घटना मा परेको हो।
जिप घुम्ती मोडबाट अनियन्त्रित भएर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार पिकअप जिपमा छ जना सवार थिए। छ जनामध्ये पाँच जनाको मृत्यु भएको छ ।
मृतकको सनाखत भएको र एकजना गम्भीर घाइते लाई थप उपचारका नगरपालिकाको एम्बुलेन्स मार्फत बाग्लुङ पठाइएको हो ।मृत्यु हुनेहरुमा जिप चालक बागलुङ जैमिनी न.पा.०८ केवई बस्ने अन्दाजी बर्ष ३८ को महेन्द्र पुन ,सोही ठाउँ बस्ने अन्दाजी बर्ष २० की रश्मी श्रीष , सोही ठाउँ अन्दाजी वर्ष ५० की नन्दकली पुन, सोही ठाउँको अन्दाजी वर्ष १७ को निरज श्रीष र सोही ठाउँका अन्दाजी वर्ष ७५ को कुल प्रसाद श्रीष रहेका छ्न्।
यस्तै जिपमा सवार गम्भीर घाइते बागलुङ जैमिनी न.पा.८ केवई बस्ने बर्ष ४५ को गंगा बहादुर श्रीषकाे बागलुङकाे धाैलागिरी अस्पतालमा उपचार भइरहेकाे र अहिले अवस्थामा सुधार अाएकाे बागलुङ प्रहरीका सुचना अधिकारी निरिक्षक केशव थापाले जानकारी दिनुभयो।


प्रतिकृया दिनुहोस्