मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार डा नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई प्रदान गर्ने निर्णय गरेको छ। गुठीको साधारण सभाले डा लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी गराएका हुन् ।
अध्यक्ष दीक्षितका अनुसार यस वर्षको जगदम्बा-श्री पुरस्कार भने बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गरेको छ। जनही चार लाख रुपैयाँ राशिको दुवै पुरस्कार घटस्थापनाको दिन प्रदान गरिने गुठीले जनाएको छ ।
जातीय विभेदविरुद्ध लेखिएको डा लम्सालको महाकाव्य अग्निलाई शुक्रबार चितवन साहित्य परिषदले समेत चिसाप-राजकृष्ण साहित्य पुरस्कार प्रदान गरेको थियो ।


प्रतिकृया दिनुहोस्