१२ पाैष ,भरतपुर ।
चितवन स्थित साैराहामा हात्ती तथा पर्यटन महाेत्सव जारी छ ।
पौष ११ गतेदेखि सुरु भएको १८औं हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत आज दोस्रो दिन हात्तीहरुको पेनाल्टी सुटआउट खेलमा वसन्तीकली हात्ती समूह विजयी भएको छ । सेल्फीकली हात्ती समूहलाई २-० ले हराउँदै वसन्तकली विजयी भएकाे हाे । याे संगै लगातार दुइ खेलकाे सान्दार जीतपछि वसन्तकली हात्ती समुह फाइनल प्रवेश गरेकाे खेलकुद संयाेजक ऋषि तिवारीले जानकारी दिए । फाइनल खेल शनिबार हुनेछ ।
हिजाे भएको पहिलो चरणको पेनाल्टी सुटआउटमा वसन्तकलीकाे समुहले नै जीत निकालेकाे थियाे । चार हात्तीकाे एक समुह बनाएर हात्तीहरूकाे समुहबीच पेनाल्टी खेलाइएकाे थियाे ।


प्रतिकृया दिनुहोस्