६ असोज,चितवन
भरतपुरमा रहेको ज्ञानदर्शन बोर्डिङ स्कुलले डेङ्गु रोग विरुद्ध सचेतना कार्यक्रम गरेको छ।

विद्यालयमा रहेको जूनियर रेडक्रस सर्कलले आज डेङ्गु रोगका बारेमा जानकारी दिन सचेतनामुलक कार्यक्रम गरेको हो । सचेतनामुलक कार्यक्रम अन्तर्गत विद्यालयले र्यालीको आयोजना गरेको थियो ।

डेंगु रोगबाट बच्ने उपायहरु,यस रोगका लक्षण आदिको बारेमा जानकारी दिन र्यालीको आयोजना गरिएको कार्यक्रम शिक्षक संयोजक सुरज पौडेलले बताउनुभयो।उहाँका अनुसार र्यालीमा विद्यालयमा कक्षा ६,७,८ र ९ मा अध्यनरत विद्यार्थीहरू हातमा प्ले कार्ड लिएर सडकमा निस्केका थिए।

विद्यार्थीले “लामखुट्टेले तपाईँको रगत मात्रै होइन ,ज्यान पनि लिन सक्छ ,आफ्नो स्वास्थ्यको लागि आफै सचेत बनौं ,झुल लगाऔं,लामखुट्टे भगाउ,लगायतका प्ले कार्ड लिएका थिए। ज्ञानदर्शन इंग्लिस बोर्डिङ्ग स्कुल भरतपुर ११ बाट सुरु भएको र्याली कुमारी चोक अमन चोक हुँदै विद्यालयमा आएर समापन भएको संयोजक पौडेलले जानकारी दिनुभयो । र्यालीमा शिक्षक विद्यार्थी , अभिभावक लगायतको सहभागिता रहेको थियो।
सचेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य मनिष घिमिरेले डेङ्गु बिरुद्द सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।



प्रतिकृया दिनुहोस्