१५ फागुन,भरतपुर ।
चितवनमा डढेलो नियन्त्रणका लागि पूर्व तयारी सुरू भएको छ । गर्मीयाममा हुन सक्ने आगलागी सम्बन्धि सम्भावित घटनालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय, चितवनले तयारी सुरू गरेकाे हाे ।
कार्यालयले डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण तथा जनशक्तिलाई तयारी अवस्थामा राखिएको वन डिभिजन कार्यालय चितवनका वन अधिकृत देविप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, डिभिजन कार्यालयमा १२ जना अग्नि नियन्त्रकलाई समेत तयारी अवस्थामा राखिएको छ ।
यस्तै यस हप्तादेखि प्रहरी, ससस्त्र प्रहरीलाई डढेलो नियन्त्रणसम्बन्धी तालिम प्रदान गरिनेसमेत उहाँले बताउनुभयो । डढेलो नियन्त्रणको स्रोतसाधनको व्यवस्था, पानी टयांकी, अग्नि रेखा निर्माण गर्ने काम भइरहेको छ ।
टिकौली जंगल, विशालचोकबाट वन जाने सडक र लामाटोलबाट जंगलतिर जाने सडकतिर सरसफाई गरिने उहाँले बताउनुभयो ।पौडेलले स्थानीय सरकार, प्रहरी, सरोकारवाला र वन डिभिजनका कर्मचारीबीच अन्तरक्रिया गरेर सञ्जाल बनाउने बताउनुभयो ।


प्रतिकृया दिनुहोस्