आसन्न निर्वचान सफल गर्न सबै आआफ्नो क्षेत्रमा लागिपरेका छन् । मंसिर ४ को लागी मुख्य राजनितिक दलहरुले घोषणा पत्र समेत सार्वजनिक गरि सकेका छन् ।
मंसिर ४ को निर्वाचनले चितवनको माहोल तातिदै गएको छ भने उम्मेद्धार घरदैलो अभियान र सन्चारमाध्यमबाट आफ्नो एजेण्डा मतदाता समक्ष पुर्याउन व्यस्त भएका छन् । चितवनका मतदाता लाई आफु तर्फ आकर्षण गर्न लोकप्रिय एवम् महत्वकाक्षीं निति तर्जुमा गरेता पनि मतदाता पुरना दल र नेता प्रति आशावादि देखिदैनन् । सत्तामा पुगेपछि वाचा पुरा नगर्ने भन्दै राजनितिक दल र नेता प्रति मतदाता विश्वास गर्न नसकिने बताउन्छन । चुनाव नजिकिदै जादा चितवनका ६० भन्दा बढि मतदाता सँग निर्वाचनमा उम्मेद्वार सँग आशा, गुनासो वा प्रश्न के छ भनी सोधेका थियौ ।
विगतका वर्षमा जस्तै यसवर्ष पनि दलका सानदार घोषणापत्रमा सानदार सपना देखाएता पनि कार्यन्वयन हुन नसकेको भन्दै जनताहरु निराश हुदै गएको बताउन्छन् । ९० प्रतिशत भन्दा बढि मतादतालाइ कुनै चासो नभएको विषयमा जोड दिएको भन्दै जनता नयाँ र वैकल्पिक शक्ति रोज्नु पर्ने अवस्था आएको दाबि गर्छन् । निर्वाचनको समयमा घरदैलो गर्ने उम्मेद्धार चुनाव पछि फर्केर नआउने र घोषाणा पत्रमा उल्लेख गरेको कुरालाई वेवास्ता गर्ने पार्टि देखी निराशा बाहेक केहि बाँकी नरहेको भरतपुर ११ बस्ने सिता कुमाल बताउनुहुन्छ । भोट माग्न आउदा विभिन्न सपना देखाए पनि चुनाव जितेपछि बोलाउदा पनि प्रतिनिधिले नचिन्ने कुमालको गुनासो रहेको छ । जागीरमा नातावाद रहेको हुँदा कोटा आउदा पनि पावर लगाउन पर्नी तितो अनुभव रहेको कुमाल बताउनुहुन्छ । त्यस्तै, पदमपुर निवासी विनोद अधिकारीले विगतका वर्षमा जति भोट हालेपनि त्यसको कदर नभएको बताउनुहुन्छ । घोषणापत्रमा निशुल्क शिक्षा लेखिएतापनी पत्र ल्याए पनि न्युन आय भएका नागरिकले उच्च शिक्षा लिन बाट बञ्चित रहेको धेरै उदाहरण बताउदै यसपालि पुराना पार्टि र व्यक्ति भन्दा युवा पुस्ता र वैकल्पिक शक्तिलाई जिताउन आग्रह गर्नुभयो ।
जनताको आधारभुत आवश्यकतामा कुनै पार्टिले चासो नदेखाएको र जनताको प्रश्नको उत्तर दिन नसक्ने घोषणा पत्रमा किन जनता आकर्षित हुने भरतपुर २६ दिव्यनगर निवासी राजु पाण्डे बताउनुहुन्छ । के कति र कसका कारण ८ वर्ष भित्रमा हुने सम्पन्न हुने मेलम्ची आयोजना २८ वर्ष लाग्यो, नारायगढ( गोलाघाट सडक ५ वर्ष अघिको एजेण्डा भएपनि अहिलेसम्म किन स्तउन्नति हुन सकेन भन्दै पाण्डे प्रश्न गर्नुहुन्छ । चिया पसल देखी सडक निर्वाचनले तातेको र आफुले असल र सक्षम उम्मेद्धार छान्ने दिन मंसिर ४ भएको र सक्षम उम्मेद्धार छान्नको लागी विभिन्न आफुले अनुसन्धान गरेको भरतपुर १० क्याम्पस गेट निवासी हेमराज ढकाल बताउनुहुन्छ । विगतमा अन्य पार्टिलाई पनि मौका दिदा पनि जनताको मर्म नबुझेको भन्दै यसपालि स्वतन्त्र युवालाई मौका दिन पर्ने ढकालको भनाई रहेको छ ।


प्रतिकृया दिनुहोस्