चितवन, कात्तिक २६
लोकतान्त्रिक बाम गठबन्धनको विशाल आमसभा आज दिउँसो भरतपुरमा हुँदैछ । भरतपुरस्थित गेष्टहाउस चौरमा दिउँसो १२ः३० बजेदेखि आमसभा सुरु हुने नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । उनका अनुसार आमसभामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
आमसभालाई सम्बोधनका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो हेलिकप्टरमार्फत चितवन आउँदैछन् । उनी चितवन आएलगत्तै पत्नीशोकमा रहेका कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङसंग भेट गर्नेछन् । त्यसलगत्तै आमसभामा सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई पनि आमसभालाई सम्बोधन गर्न चितवन आउँदैछन् । उनी गोरखा २ बाट उम्मेदवार बनेका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले माओवादीका सबै तहतप्काका नेता कार्यकर्ताहरुलाई आमसभामा सहभागि हुन आह्वान गरिएको बताए । उनले आज हुने आमसभा भव्य र व्यवस्थित हुने बताए ।
नेकपा (एकीकृत समाजवादी) चितवनका उपाध्यक्ष अरुणपीडित भण्डारीले आफ्नो पार्टीको तर्फबाट पनि सबैमा निमन्त्रणा गरिएको बताए ।


प्रतिकृया दिनुहोस्