भरतपुर २६ कार्तिक
भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले शेयर बजार रास्ट्रको आर्थिक सुचक भएको बताउनु भएको छ । समृद्ध रास्ट्र निर्माणमा शेयर बजारको महत्त्वपूर्ण भुमिका रहेको छ उप प्रमुखअधिकारीले भन्नू भयो,पछिल्लो समय सेयर बजार (स्टक मार्केट) पनि लगानीको राम्रो क्षेत्रको रुपमा विश्वभर उदाईरहेको छ ।
धितोपत्र बजार नियमनको अन्तर्राष्ट्रिय सस्था आइ ओ एस सि ओ को आव्हानमा सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शेयर सम्बन्धि बिश्व लगानीकर्ता सप्ताह २०२२ को अवसरमा देशब्यापी रुपमा लगानीकर्ता सचेतना कार्यक्रम गर्ने उदेश्य बमोजिम डाइनामिक मनि मेनेजर्स सेक्युरिटीज प्रा लि स्टक ब्रोक्रर नम्बर ४४ ले शनिबार भरतपुरमा लगानीकर्ता सचेतना कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा बर्तमान परिप्रेक्षमा शेयरको अवस्था, धितोपत्र बजारको अवस्था,बजारमा शेयर लगानी गर्दा अपनाउनु पर्ने कुराहरु लगाएका विविध बिषयहरुमा जानकारी गराइएको छ । नेपालमा डि म्याट खाता खोल्नेको सख्या ५४ लाख ४१ हजार रहेको छ भने मेरो शेयरको मार्फत कारोबार गर्नेको सख्या ४५ लाख रहेको छ ।


प्रतिकृया दिनुहोस्