३१ बैशाख चितवन
चितवनको खैरहनीमा धारिलो हतियार प्रहारबाट ४ जना घाइते भएका छन् । आज दिउँसो खैरहनी ८ स्थित आहार क्याफेमा खाजा खाईरहेको अवस्थामा एक्कासी बाहिरबाट आएर एक समुहले धारिलो हतियार प्रहार गरेको हो ।
गैंडाकोट घर भएका सरोज क्षेत्री लगायतको ३/४ जनाको समुहले धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाईते हुनेहरुमा राप्ती नगरपालिका वडा नम्बर ४ का २८ बर्षिय दिपेन्द्र सिंह गोले, राप्ती नगरपालिका वडा नम्बर २ का २८ बर्षिय गणेश लामा, खैरहनी नगरपालिका ९ सिमलटाँडी बस्ने २७ बर्षिय अमृत आचार्य र खैरहनी ७ का ३० वर्षीय रोशन आचार्य घाइते भएका छन् ।
घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।
घाइतेहरुमध्य गोलेको हातमा गहिरो चोट रहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था मध्यम र सामान्य रहेको छ ।


प्रतिकृया दिनुहोस्