भदौ ६ ,चितवन ।
चितवनको खगेरी खोलामा बेपत्ता भएका एक पुरुषको शव भेटिएकाे छ ।
बुधबार दिउसो २ बजेको समयमा कालिका नगरपालिका ५ खगेरी खोलास्थित कमिनी घाटमा भैसी चराउन जादाँ कालिका ५ भिमवली पार्कका ७२ वर्षिय डकुवा महतोलाई बाढीले बगाएको थियो । उनको शव बिहिबार फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनको खोजीका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली खटिएको थियो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।


प्रतिकृया दिनुहोस्