काठमाडौं, १ मंसिर
निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पुरा भएको जनाएको छ । १० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारहरु कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जनाएको छ ।प्रतिनिधि सभा सदस्यमा २ हजार ४१२ जना उम्मेदवार रहेको छ भने सामानुपातीक तर्फ २ हजार १९९ उम्मेदवारलाई अन्तीम बन्द सुचीमा कायम राखेको हो ।
यस्तै प्रदेश सभाका लागी पहिलो हुने निर्वाचीत हुने निर्वाचनका लागी ३ हजार २२४ उम्मेदवार रहेको र सामानुपातीक तर्फ ३ हजार ७०८ जना अन्तीम बन्दसुचीमा कायम गरीएको आयोगले जनाएको छ । आसन्न निर्वाचनको पहिलो हुने निर्वाचीत प्रणालीको प्रतिनिधि सभा तथा प्रदेश सभा को ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिसपर्धामा रहेको र सामानुपातीक निर्वाचन प्रणाली तर्फ ५ हजार ९०७ अन्तीम बन्द सुचीमा कायम गरीएको आयोगले जनाएके हो ।


प्रतिकृया दिनुहोस्