१५ मंसिर ,भरतपुर ।
चितवनमा गाईको मासु काट्दै खाने पक्राउ परेका छन् । पुर्वि चितवनको खैरहनी १० बडगाउँ स्थित केरा बारीभित्र मासु काट्दै गरेको अवस्थामा तीन जनालाइ प्रहरी पक्राउ गरेको हो ।
बारीमा गाइको मासु काटेर खाइरहेको गोप्य सुचना पाएपछि सोमबार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायव निरिक्षक उज्वलराज चितुवालको कमाण्डमा टोलि घटनास्थल पुगेको थियो ।
प्रहरीहरू पुग्दा तीन जनाले गाइ काटेर मासु खाइरहेका थिए ।भने बाँकी तीन जनाले गाइ काटिरहेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रबिन्द्र खनालले बताए । उनले मासु खाने र काट्नेहरूलाइ हाल प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।थप अनुसन्धान अघि बढेको खनालको भनाइ छ ।
गाइ काट्ने र मासु खाने घटनामा केहि कम उमेरका मानिसहरू संलग्न भएकाले पक्राउ परेकाहरूको चितवन प्रहरीले नाम सार्वजनिक गरेको छैन ।
घटनास्थल उक्त स्थान इ। प्र।का। खैरहनीबाट ७ कि।मि। दक्षिणमा रहेको छ ।


प्रतिकृया दिनुहोस्