नवलपुर, मंसिर ३-
नवलपुरको मध्यविन्दु– १३ कोटथरको भेडाबारी जाने चोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
उक्त शंकास्पद वस्तु बम नभई उक्त हुक्स (क्षतविक्षत नगर्ने तर ठुलो आवाज दिने बस्तु) रहेको प्रहरीले जनाएको छ।
बिहान ७ः३० बजे नेपाली सेनाले डिस्पोज गरेको शंकास्पद वस्तु ९कुकर०भित्र पटका भरेर राखिएको थियो। प्लास्टिकले बेरिएको प्रेसर कुकरमा खतरा लेखिएको अवस्थामा हिजो साँझ फेला परेको थियो।
शंकास्पद वस्तु कसले राखेको हो भन्ने नखुलेको उनले बताए। नवलपुरमा नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा बहुमतलगायतका दलहरुले निर्वाचन बहिस्कार गर्न आह्वान गर्दै पर्चा, पोष्टर, पम्लेष्ट वितरण गरिरहेका छन्।


प्रतिकृया दिनुहोस्