भरतपुर । रोटर्याक्ट क्लब अफ भरतपुरको २३औँ अध्यक्ष आस्ना अवस्थी पदस्थापन भएकी छन् । उनले रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर–इलेक्ट रोटेरियन प्रा.डा. ईश्वरीप्रसाद ढकालबाट अध्यक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् ।
पदभार ग्रहणपछि अध्यक्ष अवस्थीले आफ्नो कार्यकालको भिजन, मिसन, लक्ष्य तथा आगामी योजनाहरु प्रस्तुत गर्दै क्लबलाई अझ प्रभावकारी, सक्रिय र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
समारोहमा अध्यक्ष अवस्थीले आफ्नो कार्यसमिति (बोर्ड अफ डाइरेक्टर्स)लाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । साथै, क्लबमा आबद्ध भएका नयाँ सदस्यहरुको पनि औपचारिक दीक्षा सम्पन्न भएको थियो । नवप्रवेशी सदस्यहरुलाई क्लबका संस्थापक सचिव सुशीलप्रताप राणाले शपथग्रहण गराएका थिए ।
कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर इलेक्ट रोटेरियन प्रा.डा. ईश्वरीप्रसाद ढकाल प्रमुखअतिथि रहेका थिए । यस्तै, डिष्ट्रिक्ट रोट¥याक्ट रिप्रेजेन्टेटिभ प्रकाश शर्मा गैरे विशिष्ट अतिथि तथा इमिडियट पास्ट डिष्ट्रिक्ट रोटर्याक्ट रिप्रेजेन्टेटिभ दिनेश गैरे र रोटरी क्लब अफ भरतपुरका अध्यक्ष त्रिलोचन कँडेल विशेष अतिथिका रुपमा उपस्थित थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष सुशान्त रेग्मीबाट अध्यक्ष पदको औपचारिक जिम्मेवारी अध्यक्ष आस्ना अवस्थीलाई हस्तान्तरण गरिएको थियो । यससँगै नयाँ नेतृत्वको औपचारिक सुरूवातसँगै क्लबले आगामी वर्ष सेवा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।
कार्यक्रम संयोजक दिलीप पराजुलीका अनुसार पदस्थापन समारोहमा क्लबका सदस्य, रोटेरियन, रोट¥याक्टर तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस्