चितवन —
जेन–जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका ४५ वर्षीय आइर्तिसिंह लामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–११, थाकाटार निवासी लामालाई आफ्नै घरबाट एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको हो।
लामा एक सिङ्गे गैँडा मारेको र वन्यजन्तुसम्बन्धी कसुरमा ८१५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना८ सजाय तोकिएका कैदी हुन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिकृया दिनुहोस्