काठमाडौँ, मंसिर ५-
चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उठेका कारण यो क्षेत्र देशभरमै चर्चामा छ। यहाँ अहिलेसम्म ३०० मत गनिसक्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन्।
उनले १५० मत ल्याउँदै पहिलो नम्बरमा रहँदा दोस्रो नम्बरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ छन्। उनले ९७ मत ल्याएका छन्। उता रास्वपाका रविले केबल २५ मत ल्याएका छन्। यहाँ चुनावी प्रचारका क्रममा नारायणी किनारमा रविले ठूलो सभा गरेका थिए।
चितवन क्षेत्र नम्बर २ मा ६७।३ प्रतिशत मत खसेको छ। यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता छन्।


प्रतिकृया दिनुहोस्