काठमाडौं, मंसिर ५-
काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका उमेदवार रवीन्द्र मिश्र अघि लागेका छन् । ९ हजार २२८ मत गणना हुँदा मिश्रले २ हजार ४१३ मत पाएका छन् ।
नेपाली कांग्रेसका उमेदवार प्रकाशमान सिंहले दोस्रो स्थानमा रहँदै २ हजार ३०२ मत पाएका छन् । एमालेका उमेदवार किरण पौडेलले १ हजार ४४१ मत पाएका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार पुकार बमले १ हजार ३६७ मत पाएका छन् । नेपाल शुसासन पार्टीका रमेश खरेलले १ हजार ४६ मत पाएका छन् ।


प्रतिकृया दिनुहोस्