ललितपुर, मंसिर ५-
प्रतिनिधिसभातर्फ ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार तोसिमा कार्की अघि लागेकी छन् ।
जारी मतगणनाको पछिल्लो परिणामानुसार उनले एक हजार ४८२ मत पाएकी छन् । त्यो नेकपा ९एमाले०का उमेदवार अमृत खड्काको भन्दा ३४ मतले बढी हो । खड्काले एक हजार ४४८ मत पाएका छन् ।
यस्तै, नेकपा ९माओवादी केन्द्र०की उमेदवार पम्फा भुसाल ९८८ मतसहित तेस्र्रो स्थानमा छिन् ।


प्रतिकृया दिनुहोस्