प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परेवा उडाउन निषेध गरिएको छ ।
मनकामना क्षेत्र विकास समितिले दुई वर्षअघि रोक लगाए पनि लुकिछिपी उडाउन नरोकिएपछि थप कडाइ गरिएको हो ।
देशका विभिन्न ठाउँबाट भक्तजनले ल्याएका परेवा वातावरण अनुकूलन नहुँदा र अत्यधिक चिसोका कारण मर्न थालेपछि परेवा उडाउन कडाइ गरिएको हो ।
दैनिक सयौंको संख्यामा परेवा मर्नेर् क्रम बढेको समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । ‘परेवा मर्दा फैलिन सक्ने विभिन्न रोग, दुर्गन्धलगायत अन्य क्षतिलाई मध्यनजर गर्दै परेवा ल्याउन पूर्णरूपमा निषेध गरेका हौं,’ उनले भने ।


प्रतिकृया दिनुहोस्