२२ साउन, भरतपुर
चितवन २ का सांसद रबी लामीछानेले संचालनमा ल्याएकाे ब्लुबसले रुट परमिट नलिइएकाे पाइएकाे छ । बस सञ्चालन गर्न सडक अनुमति लिनुपने भएतापनि दर्ता हुँदाको रूट वीरगन्ज, नारायणगढ, पोखरा, बाग्लुङनै यथावत रहेकाे र यसैलाइ नवीकरण गरेर चलाइएकाे भेटिएकाे हाे । तर , अहिले चितवनका भित्री सडकमा भने सवारी साधन निर्विवाद गुडिरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक राजकुमार तामाङले भाडाका गाडीले रुट परमिट जुनका लागी लिएकाे हाे ,त्यसैका लागी मात्रै चलाउन पाइने नियम रहेकाे बताए । बाहिर चलाउनु परे अस्थायी परमिट लिनु पने उनले जानकारी दिए । रुट परमिट बिना चलाइएका भाडाका सवारीसाधनबाट ट्राफिक प्रहरीले हरेक पटक १५०० रुपियाँसम्म जरिबाना गदै अाइरहेकाे उनकाे भनाइ छ ।
साउन १७ गतेदेखि सञ्चालनमा आएको ब्लु बस अहिले शक्तिखोर भरतपुर, नारायणगढ, रामनगर, नारायणगढबाट पश्चिमसम्मका भित्री सडकमा जाने गदर्छ ।
यता बसका सञ्चालक भीमबहादुर तामाङले भने सो रुटमा अहिलेसम्म रुट परमिट नै नदिएर अन्यत्रकै परमिट लिएर चलाउने गरेकाे जानकारी दिए ।
मासिक एक लाख ३५ हजार रुपियाँ भाडा तिर्ने गरी रास्वपाले ब्लुबस संचालन गरिरहेकाे छ ।


प्रतिकृया दिनुहोस्