२७ साउन ,चितवन
चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले पूर्वी चितवनको लोथरसम्मबाट आउने सार्वजनिक गाडीलाई तत्काल नारायणगढसम्म जान दिन आग्रह गरेका छन् ।
हिजाे सांसद ढकाल सार्वजनिक गाडी चढेर नारायणगढको लायन्स चोकसम्मै पुगेका थिए । प्रहरीको अवरोधका बीच ढकालको नेतृत्वमा केहि सार्वजनिक गाडी नारायणगढसम्म गएपनि अवस्था सहज भएको छैन । पूर्वी चितवनबाट आउने गाडीलाई केन्द्रिय बसपार्कमै रोक्ने भरतपुर महानगरपालिकाको निर्णयका कारण २०७९ मंसिर १९ गतेदेखि पूर्वी चितवनका बासिन्दाले दुःख पाएको ढकालले बताए ।
‘भरतपुर–नारायणगढमा अस्पताल, क्याम्पस, व्यवसाय र रोजगारीका लागि आवतजावत गर्दा यातायातको साधन परिवर्तन गरी गन्तव्यसम्म पुग्नुपर्ने सकसपूर्ण कारणले पूर्वी चितवनबासीको यातायात खर्च बढ्नुको साथै असहज र असुविधा भएको छ’, ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा सम्बन्धित पक्ष र जिल्ला प्रशासन कार्यालयसँग पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सम्बोधन र सहजिकरणका लागि ८ महिना वितिसक्दा पनि कुनै सुनुवाई नहुँदा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’


प्रतिकृया दिनुहोस्